logo
२०८३ भाद्र १३, शनिबार |
📰
🔍

विपद्को कारण गायिका रचना रिमालले अस्ट्रेलियाका तीज कार्यक्रम स्थगित गरिन्

प्रभातफेरी अनलाइन२८ पटक पढिएको | २०८३ भाद्र ११, बिहिबार
विपद्को कारण गायिका रचना रिमालले अस्ट्रेलियाका तीज कार्यक्रम स्थगित गरिन्

काठमाडौँ / गायिका रचना रिमालले नेपालमा आएको प्राकृतिक विपद्लाई ध्यानमा राख्दै अस्ट्रेलियामा आयोजना हुने आफ्ना तीज विशेष कार्यक्रमहरू स्थगित गरेकी छन्।

तीज कार्यक्रमका लागि केही दिनअघि अस्ट्रेलिया पुगेकी रिमालले देश विपद्मा परेका बेला आफूले तीज कार्यक्रम गरेर नाच्नु–नचाउनु उचित नहुने भन्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको बताएकी छन्।

उनले अर्को सूचना जारी नभएसम्मका लागि अस्ट्रेलियाका विभिन्न सहरमा तय भएका कार्यक्रम स्थगित गरिएको जानकारी दिँदै नेपालमा रहेका सबैलाई सुरक्षित रहन आग्रह गरेकी छन्।