logo
२०८३ आश्विन २६, सोमबार |
☰
📰
🔍
✕

बाढीपछि खुलेको काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

प्रभातफेरी अनलाइन४७ पटक पढिएको | २०८३ भाद्र १३, शनिबार
बाढीपछि खुलेको काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

काठमाडौँ / भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ–मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बाढीले सडकमा थुपारेको लेदो, माटो तथा फोहर हटाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार सडक खुलेसँगै लामो समयदेखि राजमार्गमा रोकिएका सवारीसाधनलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ।

बाढीका कारण सडकभरि लेदो थुप्रिएपछि यातायात सञ्चालनमा समस्या आएको थियो। लेदो हटाएपछि सवारीसाधन चल्न थालेको काफ्लेले जानकारी दिए।

यद्यपि, धादिङको वैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्ड भने अझै एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। अन्य अवरुद्ध सडक खुलाउने तथा यातायातलाई सहज बनाउने कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ।