प्रभातफेरी अनलाइन६२ पटक पढिएको | २०८३ भाद्र १३, शनिबार
रसुवा / रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल प्रहरीले शनिबार दिउँसो २ः५० बजे सार्वजनिक गरेको तथ्यांकअनुसार बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ६२६ पुगेको हो।
प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८, नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ।
यस्तै, प्रहरीले शनिबार दिउँसोसम्म बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट २ हजार ३०१ जनाको उद्धार गरिएको जनाएको छ।