logo
२०८३ भाद्र १५, सोमबार |
📰
🔍

बाढी प्रभावितका लागि नेपाल लाइफद्वारा दुई करोड ५१ लाख सहयोग

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ भाद्र १४, आईतबार
बाढी प्रभावितका लागि नेपाल लाइफद्वारा दुई करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न आर्थिक सहयोग उपलब्ध गराएको हो । सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

नेपाल लाइफका अनुसार सहयोगले बाढी तथा विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा योगदान पुग्नेछ ।

कम्पनीले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावित परिवारप्रति गहिरो सहानुभूति जनाएको छ । साथै, प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा राज्य र समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

नेपाल लाइफले विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सम्पूर्ण नागरिकलाई समेत आग्रह गरेको छ ।