प्रभातफेरी अनलाइन६३ पटक पढिएको | २०८३ भाद्र १६, मंगलबार
काठमाडाैं / भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ। नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेसम्म १ हजार ५८ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार मृतकमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला र ३७१ पुरुष रहेका छन्। त्यस्तै, ३९० जनाको आंशिक अंग फेला परेको प्रहरीले जनाएको छ।
हालसम्म ५८ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ भने ९७२ जनाको मुचुल्का गरी व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ। त्यस्तै, ६८४ जनाको शव जमिनमुनि गाडिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढीपछि हालसम्म ४ हजार ६०६ जना बेपत्ता छन्।