प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ भाद्र १६, मंगलबार
नुवाकोट / विपद्को घडीमा सरकार केवल कार्यालयमा बसेर निर्णय गर्ने निकाय होइन, पीडित नागरिकको दुःखमा साथ दिने र संकटमा काँध थाप्ने अभिभावक हो भन्ने बलियो प्रमाण बागमती प्रदेश सरकारले घटना स्थलमा स्वयं उपस्तिथ भएर पुष्टि गरेको छ ।
बाढीबाट प्रभावित नागरिकको पीडा, विस्थापन र कठिन परिस्थितिलाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले टेन्ट, त्रिपाल तथा आवश्यक गैर–खाद्य सामग्री प्रभावित क्षेत्रमा क्रियाशिल सरोकारवाला निकायमा हस्तान्तरण गरेको छ।
घरबार गुमाएका, सुरक्षित आश्रयको अभावमा रहेका र विपद्को पीडामा रहेका नागरिकका लागि यी सामग्री केवल राहतका वस्तु होइनन्—यो संकटमा सरकार साथमै छ भन्ने भरोसा, सुरक्षाको अनुभूति र आशाको सन्देश पनि बागमती सरकारले दिन पुगेको छ ।
आफ्नो घर, सम्पत्ति र प्रियजन गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न कठिन हुन्छ। तर यस्तो दुःखद् क्षणमा राज्यको उपस्थितिले पीडित मनलाई केही हदसम्म भए पनि साहस दिन सक्छ। त्यसैले बागमती प्रदेश सरकार जनताको पीडामा सँगै छ, उद्धारमा सँगै छ, राहतमा सँगै छ र पुनःस्थापनासम्म निरन्तर सँगै रहने भन्ने सन्देश प्रवाह गरेको छ ।
विपद् ठूलो हुन सक्छ, तर नागरिकप्रतिको हाम्रो जिम्मेवारी र मानवीय संवेदना त्यसभन्दा ठूलो हुनुपर्छ भन्ने ज्ञान् पनि दिएको छ ।
बाढी प्रभावित सबै नागरिकप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अहोरात्र खटिनुहुने सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, स्वयंसेवक तथा सहयोगी हातहरूप्रति हार्दिक आभार समेत सो अवधिमा व्यक्त गरेको छ । यसबाट बागमती सरकार नागरिक प्रती कति जिम्मेवार छ भन्ने कुरा प्रष्ट हुन्छ ! यस किसिमको सकृयताका लागि बागमती सरकारलाई हाम्रो पनि शाधुवाद !