logo
२०८३ भाद्र १७, बुधबार |
📰
🔍

भोटेकोशी बाढीबारे प्रतिनिधिसभामा आज विशेष प्रस्ताव प्रस्तुत हुँदै

प्रभातफेरी अनलाइन३ पटक पढिएको | १ घण्टा अघि
भोटेकोशी बाढीबारे प्रतिनिधिसभामा आज विशेष प्रस्ताव प्रस्तुत हुँदै

काठमाडौं / सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। संसद् सचिवालयका अनुसार बैठकमा भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

सभामुख डोलप्रसाद अर्यालले भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका विभिन्न क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नेछन्।

विशेष प्रस्तावमार्फत बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा बेपत्ता नागरिकको खोजी र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिनेछ।

त्यस्तै, बाढीका कारण घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन गर्नुपर्नेमा समेत जोड दिइनेछ।