प्रभातफेरी अनलाइन१३ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको प्रधानमन्त्री वालेन्द्र शाहले बताएका छन्।
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखनलाई मानवसभ्यताकै कलङ्क र विश्वव्यापी रूपमा फैलिएको सङ्गठित अपराधका रूपमा चित्रण गरेका छन्।
‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको स्वरूप, प्रकृति र गन्तव्यमा समेत परिवर्तन भइरहेको उल्लेख गरे।
उनले रोकथाम तथा नियन्त्रणका लागि सरकारले नीतिगत र संस्थागत सुधार गर्दै आएको जानकारी दिँदै तीनै तहका सरकार, गैरसरकारी संस्था, विकास साझेदार तथा अन्य सरोकारवाला निकायको सहकार्य अपरिहार्य रहेको बताए।