प्रभातफेरी अनलाइन४ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएकामध्ये २४४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ।
अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार बाढीमा परी मृत्यु भएका २४४ जनाको शव अस्पतालमा ल्याइएको हो।
तीमध्ये १६१ शवको अस्थायी व्यवस्थापन भइसकेको छ भने २४ शवको पहिचान खुलेपछि परिवार तथा आफन्तलाई बुझाइएको छ।
अहिले ५९ शव अस्पतालमै रहेका छन्। केही शवको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टमपछि आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।