logo
२०८३ कार्तिक ७, शुक्रबार |
☰
📰
🔍
✕

बाढीपीडितका लागि एभरेस्ट स्कुल परिवारद्वारा ९ लाख ५ हजार रुपैयाँ सहयोग

प्रभातफेरी अनलाइन५५ पटक पढिएको | २०८३ भाद्र २१, आईतबार
बाढीपीडितका लागि एभरेस्ट स्कुल परिवारद्वारा ९ लाख ५ हजार रुपैयाँ सहयोग

भक्तपुर / हालैको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा मानवीय सहयोगका लागि एभरेस्ट इङ्लिस स्कुल र एभरेस्ट भक्तपुर स्कुलले संयुक्त रूपमा ९ लाख ५ हजार ३ सय ४ रुपैयाँ सहयोग गरेका छन्।

विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट संकलित उक्त रकम जिल्ला प्याव्सन भक्तपुरको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडमा रहेको राहत कोषको खातामा जम्मा गरिएको विद्यालयले जनाएको छ। रकम जम्मा गरेपछि बैंक भौचरसमेत जिल्ला प्याव्सनको कार्यालयमा जानकारीका लागि पठाइएको छ।

विद्यालयका अनुसार एभरेस्ट इङ्लिस स्कुलबाट ६ लाख २३ हजार ४४ रुपैयाँ र एभरेस्ट भक्तपुर स्कुलबाट २ लाख ८२ हजार २ सय ६० रुपैयाँ संकलन भएको हो। दुवै विद्यालयबाट संकलित रकम जोड्दा कुल ९ लाख ५ हजार ३ सय ४ रुपैयाँ पुगेको हो।

एभरेस्ट इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी र एभरेस्ट भक्तपुर स्कुलकी संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीद्वारा जारी संयुक्त पत्रमा बाढीपीडित परिवारलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले रकम संकलन गरिएको उल्लेख छ।

विद्यालयका अनुसार उक्त पत्रको बोधार्थ नगर शिक्षा भक्तपुर, केन्द्रीय प्याव्सन काठमाडौं र नगर प्याव्सन भक्तपुरलाई समेत पठाइएको छ। दुवै विद्यालय हाल भक्तपुर नगरपालिका–२, मिबाछेँ व्यासीमा संयुक्त रूपमा सञ्चालनमा छन्। एभरेस्ट इङ्लिस स्कुल सन् १९८३ मा स्थापना भएको हो।