प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ भाद्र २५, बिहिबार
काठमाडौं/ रास्वपा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको प्रमुख सल्लाहकार कुमार बेनप्रति इंगित गर्दै उनका पछिल्ला गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन्।
उनले दिल्लीमा भारतीय जासुसी संस्थाको निमन्त्रणामा भ्रमण गरेको देखि सरकारी कमर्चारीहरूको हुर्मत लिएको विषय समेत उठाएका छन्।
‘एउटा जासुसी संस्थालाई भेट्न प्रधानमन्त्रीका सल्लाहकार जान्छन्। त्यहाँ दिल्लीको लिला प्यालेस होटलको दोस्रो फ्लोरमा बस्छन्’ उनले बेनको भ्रमणबारे भने, ’देवानन्दको गाइड फिल्म जस्तै यो सरकार चलिरहेको छ। एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ।’