logo
२०८३ भाद्र २६, शुक्रबार |
📰
🔍

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

प्रभातफेरी अनलाइन५ पटक पढिएको | २०८३ भाद्र २६, शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष साहले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गरेका हुन्।

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगहरूले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ।