प्रभातफेरी अनलाइन१ पटक पढिएको | ७ मिनेट अघि
काठमाडौँ / नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुरधाम, मोरङको लेटाङ, उदयपुरको त्रियुगा, कञ्चनपुरको भीमदत्त, कैलालीको धनगढी र टीकापुर तथा नवलपरासी पश्चिम र पर्साका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम र स्पास्मो बरामद गरेको जनाएको छ।