प्रभातफेरी अनलाइन३ पटक पढिएको | २०८३ भाद्र २८, आईतबार
Chinese President Xi Jinping waves as he arrives at the opening ceremony for the World AI Conference in Shanghai, Friday, July 17, 2026. (AP Photo/Ng Han Guan, Pool)
एजेन्सी / चिनियाँ राष्ट्रपति सी चिनफिङको भारत भ्रमण यतिबेला नयाँ दिल्ली मात्र होइन, सम्पूर्ण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको मुख्य आकर्षण बनेको छ। ब्रिक्स (BRICS) शिखर सम्मेलन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटघाटका लागि दिल्ली पुगेका राष्ट्रपति सीको बसाइ २४ घण्टाभन्दा पनि कम समयको छ, तर उनको सुरक्षा व्यवस्थाले भने दिल्लीलाई एउटा ‘अभेद्य किल्ला’मा परिणत गरिदिएको छ।
१० दिनअघि नै आइपुगेको विशेष लिमोजिन राष्ट्रपति सीले दिल्लीमा रहँदा प्रयोग गर्ने अत्याधुनिक बुलेटप्रुफ लिमोजिन गाडी उनको आगमनभन्दा १० दिनअघि नै विशेष विमानमार्फत भारत ल्याइएको थियो। उनी दिल्ली ओर्लिएदेखि नै अनेकौँ तहको कडा सुरक्षा घेराभित्र रहेका छन्।
होटेल नै पूरै बुक, होटल क्षेत्रमा ‘नो-फ्लाई जोन’ सीको बसाइका लागि दिल्लीस्थित प्रसिद्ध ‘ताज प्यालेस’ होटेलका सबै कोठाहरू पूर्ण रूपमा बुक गरिएका छन्। होटेल र यसको आसपासको क्षेत्रलाई ‘नो-फ्लाई जोन’ घोषित गरिएको छ।
सुरक्षा व्यवस्था यति कडा पारिएको छ कि सम्भावित आणविक विकिरण र जैविक हतियार (Nuclear & Biological Weapons) समेत पहिचान गर्न सक्ने अत्याधुनिक प्रविधि होटेलमा जडान गरिएको छ। प्रतिआतंकवाद दस्ता र बम डिटक्सन टोलीले होटेललाई चौबीसै घण्टा कडा निगरानीमा राखेका छन्।
१५ हजार सुरक्षाकर्मी र ७ सय सीसीटीभीको पहरा भीआईपी सुरक्षालाई ध्यानमा राख्दै सम्पूर्ण दिल्लीभरि १५ हजार प्रहरी र २ सय कम्पनी अर्धसैन्य बल परिचालन गरिएको छ। विमानस्थलदेखि सम्मेलन स्थलसम्मको मुख्य मार्ग निगरानी गर्न ७ सय वटा सीसीटीभी क्यामरा र ५ वटा विशेष कन्ट्रोल रुम तैनाथ गरिएका छन्।
छोटो समयको भ्रमण भए पनि चिनियाँ राष्ट्रपति सी चिनफिङको यो हाइ-टेक र अभूतपूर्व सुरक्षा बन्दोबस्तीले यतिबेला भारतीय सञ्चारमाध्यम र सर्वसाधारणमा ठूलो कौतूहल र चर्चा पैदा गराएको छ।
पुरा जानकारीको लागि- https:/xi-jinping-narendra-modi/