प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ भाद्र २७, शनिबार
काभ्रे / जिल्ला सहकारी संघ लिमिटेड काभ्रेको आयोजनामा जिल्लारहेका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।
उक्त कार्यक्रममा उठेका जिज्ञासालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ लिमिटेड काभ्रेका अध्यक्ष अमन पोटेश्रेष्ठले सहकारी र सञ्चारमकर्मी बीच समन्वय आवश्यक रहेको बताउनु भएको छ ।
संघका अध्यक्ष श्रेष्ठले सञ्चारमाध्यम र सहकारी क्षेत्रबीच आवश्यक समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पत्रकारहरूले दिएका सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा संघका गतिविधिलाई थप प्रभावकारी बनाउने बताउनुभएको छ ।

अध्यक्ष श्रेष्ठले सञ्चारकर्मी तथा सहकारीकर्मीबीच अनुभव आदानप्रदानका लागि आवश्यक तालिम सञ्चालन गर्ने, असल शासनका अभ्यासहरूको आदानप्रदान गर्ने तथा संघका कामकारबाहीलाई थप पारदर्शी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। संस्थाको काममा कमजोरी वा गल्ती देखिएमा सञ्चारमाध्यम तथा सरोकारवालाबाट सुझाव प्राप्त गरी त्यसलाई सुधार गर्दै अघि बढ्ने भनाइ राख्दै सहकारी बदलिँदो कानुनी अड्चन र खराब ॠण नै आजको समस्या हो । यसतर्फ ॠणिहरुको ध्यानाकर्षण गराउन सकियो भने प्रारम्भिक सहकारीका समस्या समाधान हुनेमा आफू आशावादी रहेको हुदा सरोकारवाला विशेष गरि स्थानीय सरकारले सहयोग गर्ने हो भने आज सहकारी देखिएको समस्या ,समस्या नै बन्दैन भन्नुहुदै स्थानीय सरकारले नैसर्गिक अधिकार बाहेकका सेवासुबिधामा कडाइ गर्न कन्च्युसाई गर्नु भएन । आज जुन हाउबुजी बनाइएको छ त्यो सहकारीहरुलाई उठन होइन कि सकाउने रणनीति हो भन्ने बुझाई आफ्नो रहेको अध्यक्ष श्रेष्ठको खुलासा गर्नु भयो ।

जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता जिल्ला सहकारी संघ लिमिटेड काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठले गर्नुभएको थियो। संघका वरिष्ठ उपाध्यक्ष शान्ति लामा वाइवाले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रममा संघका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले जिल्ला सहकारी संघका गतिविधि, हालसम्म भएका काम तथा आगामी कार्यक्रमका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँका अनुसार हाल काभ्रे जिल्लामा ६सय४६ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् भने तीमध्ये ५सय८५ वटा सहकारी जिल्ला सहकारी संघमा आबद्ध छन्। जिल्लाका १३ वटै स्थानीय तहमा सहकारी संस्थाहरू सञ्चालनमा रहेको जानकारी उहाँले दिनुभयो।
प्रस्तुतीकरणका क्रममा सबैभन्दा धेरै सहकारी संस्था बनेपा नगरपालिकामा २सय१ वटा रहेको जानकारी दिइएको थियो। सहकारी क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै श्रेष्ठले संघले हाल ऋण लगानी तथा बचतसम्बन्धी कार्य रोकिसकेको र सञ्चालनमा रहेका सेवा केन्द्रहरू पनि क्रमशः बन्द गर्दै लगिरहेको जानकारी गराउनुभयो।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले जिल्लाको सहकारी क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा, सुझाव तथा धारणा राख्नु भएको छ ।यसरी सुझाव राख्नेहरुमा संचारकर्मी यदुनाथ गौतम ,राजकुमार पराजुली ,नवराज बजगाई,ज्ञान् मणि नेपाल ,नगेन्द्र अधिकारी ,शुभराज अधिकारी ,केशव राज पौडेल ,प्रल्हाद शर्मा हुमागाई वक्तामा इश्वरि अओझा, महेश पौडेल ,मोतीराम तिमल्सिना र पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बिनोद पौडेलले सहकारी संस्थाको पारदर्शिता, सुशासन, सदस्यको अधिकार, सहकारीको वर्तमान अवस्था तथा सञ्चारमाध्यमसँगको सम्बन्धलगायतका विषयमा आ-आफ्नो प्रश्न तथा सुझावराख्दै संघका सकारात्मक गतिविधिहरुले नै आज काभ्रेको सिंगो संचारजगत साथमा रहेको संकेत उपस्थितिले दिएको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा आफुलाई कार्य क्षेत्रमा उभ्याउन सक्षम देखिएको र सहकारी सञ्चार क्षेत्रबीचको अन्तरक्रियाले दुवै पक्षलाई एक–अर्काका गतिविधि बुझ्न सहयोग मिलेको र सहकारी संघले गर्दै आएका सकारात्मक कामहरूको छातासंगठ्न नेपाल पत्रकार महासंघले सञ्चारमाध्यममार्फत सकारात्मक प्रचार गर्दैआएको चर्चा गर्दै आगामी दिनमा पनि सहकारी संघका सकारात्मक गतिविधिलाई सञ्चारमाध्यममार्फत प्रवाह गर्न महासंघको सहयोग र सहकार्य रहने प्रतिबद्धता समेत वक्ताहरुले व्यक्त गर्नुभयो।
अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी संघ, सञ्चारमाध्यम र सम्बन्धित सरोकारवाला निकायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। कार्यक्रमले जिल्लाको सहकारी क्षेत्रलाई थप पारदर्शी, जवाफदेही र व्यवस्थित बनाउन सञ्चारमाध्यमको भूमिकालाई समेत थप स्पष्ट पारेको सहभागीहरूले बताएका छन्।
जिल्लामा सञ्चालित सहकारी संस्थाका गतिविधि, संघको भूमिका, वर्तमान अवस्था तथा सहकारी क्षेत्रका चुनौतीलगायतका विषयमा सञ्चारकर्मीहरूसँग छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका कोषाध्यक्ष अर्जुन सापकोटाले संवादका क्रममा बताउनु भएको छ
कार्यक्रमको संचालन संघका सचिब प्रकाश बन्जाराले गर्नु भएको थियो । पानसमा दीप प्रज्वलित गरेर सुभारम्भ भएको कार्यक्रममा जिल्लाका क्रियाशिल संचारकर्मिको बाक्लो उपस्तिथि रहेको थियो ।