प्रभातफेरी अनलाइन१० पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / री एन्ड की फिल्मको ब्यानरमा निर्माण भएको चलचित्र **‘चंगुल’**को ट्रेलर सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक ट्रेलरमा देशमा परिवर्तनका लागि भएको आन्दोलन र युवाहरूको संघर्षलाई चित्रण गरिएको छ।
युवाहरूले चंगुलमा परेको देशलाई मुक्त गर्न गरेको मेहनत र त्यागलाई मुख्य विषय बनाइएको चलचित्र आगामी असोज १६ गतेदेखि प्रदर्शनमा आउनेछ। चलचित्रका निर्देशक राम गौतम हुन् भने मालती कार्की निर्माताको भूमिकामा छन्।
चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमिल्सिना, राम गौतम, राकेश कुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, मालती कार्की तथा बाल कलाकार रिम्सा कार्कीलगायतको अभिनय रहेको छ।
चलचित्रबाट प्राप्त मुनाफाबाट घाइते जेन्जीहरूलाई सहयोग गरिने निर्माता तथा कलाकार मालती कार्कीले बताएकी छन्। यसका लागि घाइते जेन्जी नेपाल संस्थासँग सहकार्यको सम्झौतासमेत भइसकेको उनले जानकारी दिइन्।