प्रभातफेरी अनलाइन२१ पटक पढिएको | मंसिर ८, २०८३ | मंगलबार
काठमाडौँ / परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमासम्बन्धी विवादहरू संवादमार्फत समाधान गर्न दुवै देशका प्रधानमन्त्रीले विदेश सचिवहरूलाई संयुक्त बैठक बस्न निर्देशन दिएको बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न भएपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले यस्तो जानकारी दिएका हुन्।
उनले नेपाल र भारतबीच रहेका विभिन्न सीमा संयन्त्रले प्रभावकारी रूपमा काम गरिरहेको उल्लेख गर्दै सीमासम्बन्धी विवादहरूलाई उच्च तहमा लगेर थप संवादमार्फत समाधान गर्ने सरकारको चाहना रहेको बताए।
साथै, उनले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत विभिन्न सन्धि–सम्झौता पुनरावलोकन गर्न नेपाल तयार रहेको र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का विषयलाई समेत सम्बोधन गर्ने गरी भिजन डकुमेन्ट आएको जानकारी दिए।