प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ आश्विन ७, बुधबार
काठमाडौँ / नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा ६ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था तथा तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतमाथि कारबाही गरेको छ।
राष्ट्र बैंकका अनुसार न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेको भन्दै फरवार्ड, धौलागिरि, मातृभूमि र एनआइसी लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाही गरिएको छ। फरवार्डको पुँजीकोष अनुपात ६.१२ प्रतिशत, धौलागिरिको ६.३८ प्रतिशत, मातृभूमिको ४.०८ प्रतिशत र एनआइसीको ६.३९ प्रतिशत रहेको थियो।
त्यस्तै, अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै वीन नेपाल लघुवित्तलाई ५८ रुपैयाँ ३८ पैसा जरिवाना गरिएको छ। सञ्जीवनी लघुवित्तलाई पनि चैतदेखि असारसम्म चार पटक अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै क्रमशः ७१३ रुपैयाँ ८८ पैसा, १ हजार ६७ रुपैयाँ ४० पैसा, १ हजार ४१२ रुपैयाँ ९१ पैसा र १ हजार ४१० रुपैयाँ ७८ पैसा जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।