logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ आश्विन ७, बुधबार
कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

कैलाली /  कैलालीमा मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–४ गिधिनियाका ४० वर्षीय अबिराम जैसी बलिया चोक जोड्ने कच्ची सडकमा मृत भेटिएका हुन्। त्यस्तै, गौरीगंगा नगरपालिका–८ लिक्माका ५४ वर्षीय दुर्गाप्रसाद आचार्य आफ्नै घर नजिकै बाटोछेउको धान खेतमा मृत फेला परेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।