logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

नेप्से ७ अंकले बढ्यो

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २३ मिनेट अघि
नेप्से ७ अंकले बढ्यो

काठमाडौँ / आज सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४ अंकमा पुगेको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेर ७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

आज अन्य समूह १.३६ प्रतिशतले बढ्दै सबैभन्दा धेरै उकालो लागेको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र माइक्रोफाइनान्स समूह पनि बढेका छन्।

फाइनान्स, जलविद्युत्, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूह भने घटेका छन्। आज १३७ कम्पनीको मूल्य बढ्दा १३१ कम्पनीको घटेको र ११ कम्पनीको मूल्य स्थिर रहेको छ।