प्रभातफेरी अनलाइन८० पटक पढिएको | २०८३ आश्विन १२, सोमबार
काभ्रे / उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको उपसमिति संयोजक एवं काभ्रे क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बदन कुमार भण्डारी को नेतृत्वमा पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा रहेका खानी तथा क्रसर उद्योगहरूको स्थलगत अनुगमन सम्पन्न भएको छ।
अनुगमनपछि बोल्दै सांसद भण्डारीले प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै स्थानीय रोजगारी र राजस्व वृद्धिमा जोड दिनुपर्ने बताउनुभयो। “विकास चाहिन्छ, तर वातावरण र जनजीवनलाई असर नपर्ने गरी हुनुपर्छ। मापदण्ड नमान्ने क्रसरलाई कारबाहीको दायरामा ल्याइन्छ,” उहाँले भन्नुभयो।
स्थानीय बासिन्दाले लामो समयदेखि उठाउँदै आएका धुलो, ढुंगा बिस्फोट र सडक बिग्रिएको गुनासोलाई टोलीले गम्भीरतापूर्वक लिएको छ। अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गर्न र सबै निकायसँग समन्वय गरेर अघि बढ्न उद्योगीहरूलाई निर्देशन दिइएको छ।
अनुगमन टोलीले दुवै स्थानीय तहमा सञ्चालित खानी तथा क्रसरहरूले कानुन, वातावरण र स्थानीय मापदण्ड पालना गरे-नगरेको बारेमा बुझ्नुका साथै आवश्यक निर्देशन दिएको छ भने
जिल्ला प्रशासन कार्यालयकाभ्रेले अनुगमन प्रतिवेदनका आधारमा अर्को चरणमा थप कडा अनुगमन र नियमन गर्ने जनाएको छ।
अनुगमनमा जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय, नापी कार्यालय, वन कार्यालय, खानी तथा भूगर्भ विभाग का प्रतिनिधिसँगै स्थानीय तह का जनप्रतिनिधि र कर्मचारीहरूको समेत सहभागिता थियो।