प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ आश्विन १२, सोमबार
काठमाडौं / नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकले एक महिनाका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत उक्त रकम खिच्न लागेको हो। बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि यस्तो उपकरण प्रयोग गर्दै आएको छ।
राष्ट्र बैंकका अनुसार आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज २०८३ कात्तिक ११ गते भुक्तानी हुनेछ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन पाउनेछन्। यसअघि असोज ८ गते पनि राष्ट्र बैंकले एक महिनाका लागि २० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो।