logo
२०८३ आश्विन १२, सोमबार |
☰
📰
🔍
✕

चोलेन्द्र जबरा पक्राउप्रति प्रचण्डको आपत्ति, भने– ‘सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ’

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ आश्विन १२, सोमबार
चोलेन्द्र जबरा पक्राउप्रति प्रचण्डको आपत्ति, भने– ‘सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ’

काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउप्रति आपत्ति जनाएका छन्।

सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले विशिष्ट व्यक्तिहरूलाई बिनाकारण पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन्।

पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेर न्यायालयलाई त्रसित बनाउन खोजिएको संकेत गर्दै दाहालले ‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारकै लागि घातक हुने टिप्पणी गरे।

उनले सुरक्षा जोखिम रहेको भए पक्राउ गर्नुको सट्टा सम्बन्धित व्यक्तिको सुरक्षामा सुरक्षाकर्मी थप्नुपर्ने धारणा राखे। यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन पनि उनले सरकारको ध्यानाकर्षण गराए।

जबरालाई आइतबार काठमाडौंको महाराजगञ्जस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। उनलाई पक्राउ गर्नुको कारण भने तत्काल सार्वजनिक गरिएको छैन।