प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ आश्विन १२, सोमबार
ललितपुर / ललितपुर महानगरपालिका–२४ धापाखेलमा लगातारको वर्षाका कारण साढे दुईतले घर पल्टिएर खोलामा खसेको छ। सोवितकुमार थापाको तीन आनामा बनेको घर आज बिहान चिप्लिएर खोलामा पुगे पनि मानवीय क्षति भने भएको छैन।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रका अनुसार घर जोखिममा रहेको पहिचान भएपछि आइतबार नै परिवारलाई सुरक्षित स्थानमा सारिनुका साथै घरभित्रका सामानसमेत निकालिएको थियो।
यसअघि आइतबार दिउँसो घरसँगै जोडिएको ट्रसको भान्सा करिब २० मिटर तल खसेपछि घरसमेत जोखिममा परेको थियो। घर पल्टिएपछि थुनिएको खोला खुलाउन तथा थप जोखिम न्यूनीकरण गर्न प्रहरी टोली परिचालन गरिएको छ।
घर पल्टिएसँगै नजिकै पश्चिमतर्फ रहेको अमृता सुनुवारको घरसमेत जोखिममा परेपछि खाली गराइएको प्रहरीले जनाएको छ।