logo
२०८३ आश्विन १३, मंगलबार |
☰
📰
🔍
✕

बीपी राजमार्गको चौकीडाँडा खण्ड पुनः सञ्चालन, महाभारतसम्मको यात्रा सहज

प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ आश्विन १३, मंगलबार
बीपी राजमार्गको चौकीडाँडा खण्ड पुनः सञ्चालन, महाभारतसम्मको यात्रा सहज

काभ्रे / अविरल वर्षाका कारण अवरुद्ध रहेको बीपी राजमार्गको चौकीडाँडा खण्ड पुनः सञ्चालनमा आएको छ। सडक खुलेसँगै पिन्थली–रोशी–चारकिल्ला हुँदै महाभारत गाउँपालिकासम्मको यात्रा सहज भएको छ।

पूर्वाधार विकास कार्यालय र सम्बन्धित निर्माण कम्पनीको समन्वयमा सडक मर्मत तथा सञ्चालनको काम सम्पन्न गरिएको हो। सडक सञ्चालनमा ल्याउन सहयोग गर्ने सम्बन्धित निकायलाई धन्यवाद दिइएको छ।

वर्षा अझै जारी रहेकाले सडक चिप्लो हुने तथा ठाउँ–ठाउँमा पहिरोको जोखिम रहेकाले सवारी चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरिएको छ।