logo
२०८३ कार्तिक ७, शुक्रबार |
☰
📰
🔍
✕

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा बहस सम्पन्न, शान्ति र सुधारदेखि एआईसम्म चर्चा

प्रभातफेरी अनलाइन३७ पटक पढिएको | २०८३ आश्विन १३, मंगलबार
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा बहस सम्पन्न, शान्ति र सुधारदेखि एआईसम्म चर्चा

एजेन्सी /  संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रअन्तर्गतको उच्चस्तरीय बहस सोमबार सम्पन्न भएको छ।

महासभाका अध्यक्ष खलिलुर रहमानले समापन मन्तव्यमा बहसमा १९४ प्रतिनिधिमण्डलले सहभागिता जनाएको जानकारी दिँदै सहभागीमध्ये ११३ जना राष्ट्रप्रमुख तथा सरकार प्रमुख, एक जना राजकुमार, ११ जना उपराष्ट्रपति, सात जना उपप्रधानमन्त्री र ४८ जना मन्त्री रहेको बताए।

बहसमा शान्ति, विकास, मानवअधिकार, संयुक्त राष्ट्रसङ्घीय सुधार तथा आगामी महासचिवको चयनलगायतका विषयमा छलफल भएको उनले जानकारी दिए। उनका अनुसार अघिल्लो बहसको किनारमा रहेको कृत्रिम बुद्धिमत्ता (एआई) यस वर्षको छलफलको प्रमुख विषय बनेको थियो।

यस वर्षको बहसको मुख्य विषय ‘विश्वास पुनर्स्थापना’ पनि विभिन्न राष्ट्रका प्रतिनिधिहरूको सम्बोधनमा व्यापक रूपमा उठाइएको अध्यक्ष रहमानले बताए।

समापन मन्तव्यमा उनले शान्ति त्याग्न अस्वीकार गर्दै दिगो विकासप्रति प्रतिबद्ध रहन, मानवअधिकारका सिद्धान्तको पक्षमा उभिन, मानवताको सेवामा प्रविधिको रूपान्तरणलाई प्रवर्द्धन गर्न तथा अर्थपूर्ण, प्रतिनिधिमूलक र निष्पक्ष सुधार अघि बढाउँदै संयुक्त राष्ट्रसङ्घप्रति विश्वास पुनर्स्थापित गर्न आह्वान गरे।