logo
२०८३ आश्विन १३, मंगलबार |
☰
📰
🔍
✕

मोटरसाइकल दुर्घटनामा नेपाली कम्युनिष्ट पार्टीका नेता लेखनाथ दाहाल घाइते

प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ आश्विन १३, मंगलबार
मोटरसाइकल दुर्घटनामा नेपाली कम्युनिष्ट पार्टीका नेता लेखनाथ दाहाल घाइते

काठमाडाैं / नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वसांसद लेखनाथ दाहाल मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्।

मंगलबार पार्टीको कामको सिलसिलामा सिन्धुलीको मरिण गाउँपालिका जाने क्रममा उनी दुर्घटनामा परेका हुन्। उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।

पार्टीका जिल्ला सहसंयोजक एवं गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेका अनुसार दाहालको दाहिने हातमा शल्यक्रिया गरिएको छ भने उनको अवस्था खतरामुक्त रहेको छ।

दाहालसँगै मोटरसाइकलमा रहेका पार्टीका मरिण गाउँपालिका इन्चार्ज पदम अस्थानी मगर पनि दुर्घटनामा घाइते भएका छन्। सामान्य उपचारपछि मगर घर फर्किएका छन्।