logo
२०८३ कार्तिक ७, शुक्रबार |
☰
📰
🔍
✕

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो

प्रभातफेरी अनलाइन२६ पटक पढिएको | २०८३ आश्विन १४, बुधबार
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो

कञ्चनपुर / महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग भत्काएको छ।

आज बिहान करिब ८ बजे नदीको बीच भागमा रहेको पुलको एक पिलर भत्किएपछि पुलको केही भाग नदीमा बगेको प्रत्यक्षदर्शीले बताएका छन्।

पुलमा क्षति पुगेपछि उक्त मार्गबाट हुने आवतजावत प्रभावित भएको छ। क्षतिको विस्तृत विवरण आउन बाँकी छ।