logo
२०८३ आश्विन २४, शनिबार |
☰
📰
🔍
✕

पनौती साहित्य समाजको शुभकामना आदानप्रदान, कविता वाचन तथा पुरस्कार वितरण कार्यक्रम

प्रभातफेरी अनलाइन० पाठक संख्या | २३ मिनेट अघि
पनौती साहित्य समाजको शुभकामना आदानप्रदान, कविता वाचन तथा पुरस्कार वितरण कार्यक्रम

​​पनौती/ पनौती साहित्य समाजको आयोजनामा हालै बडादशैँको अवसरमा शुभकामना आदानप्रदान, विशेष कविता वाचन तथा निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

​वरिष्ठ साहित्यकार सूर्यप्रसाद लाकोजूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा काभ्रेका पाँच स्थापित कविहरू दुईकाजी ताम्राकार, ध्रुव कृष्ण ताम्राकार, पुरुषोत्तम ताम्राकार, हरिप्रसाद चौलागाई र पूर्ण श्रेष्ठ ‘हृदयकृत’ले दश थान उत्कृष्ट कविताहरू वाचन गरेका थिए। कविहरूका रचनाले उपस्थित साहित्यप्रेमीहरूलाई मन्त्रमुग्ध बनाएको थियो।


​यसैगरी, गत असोज ७ गते आयोजित पनौती नगरव्यापी आधारभूत तहको निबन्ध प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सोही समारोहमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल क्रमशः सरस्वती कुञ्ज बोर्डिङ स्कुलकी ग्रीष्मा बजगाई, सूर्योदय माध्यमिक बोर्डिङ स्कुलका विजय तामाङ र कुशादेवी माविकी अनिसा हुमागाईलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो।
​कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सूर्यप्रसाद लाकोजुले विजयी विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै पुरस्कार वितरण गर्नुभएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि लाकोजुले साहित्यले समाजलाई जोड्ने र बालबालिकामा लुकेको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिता तथा साहित्यिक गतिविधिहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।


​कार्यक्रममा स्थानीय साहित्यकार, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।