logo
२०८३ आश्विन ३०, शुक्रबार |
☰
📰
🔍
✕

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो

प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ आश्विन ३०, शुक्रबार
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर दुई लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँले बढेर चार हजार १५० रुपैयाँ पुगेको छ।

बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँ र चाँदी चार हजार ३५ रुपैयाँमा कारोबार भएको थियो।