logo
२०८३ कार्तिक १३, शुक्रबार |
☰
📰
🔍
✕

जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ कार्तिक १३, शुक्रबार
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

जनकपुरधाम / जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म रामायण सर्किटअन्तर्गत विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल सेवा सञ्चालनका विषयमा दुवै देशका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ। उद्घाटनको मिति भने तय भइसकेको छैन।

रेल सेवा सञ्चालनका लागि जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरिएको छ। यात्रु तथा रेलको सुरक्षाका लागि नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकाय परिचालन गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ।

जनकपुरधाम र अयोध्याबीच प्रत्यक्ष रेल सेवा सञ्चालन भएपछि धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धन र दुई देशबीच यात्रु आवागमन सहज हुने अपेक्षा गरिएको छ।