प्रभातफेरी अनलाइन२१ पटक पढिएको | मंसिर १, २०८३ | मंगलबार
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४:३० बजे सुरु हुने खेलमा दुवै टोली फाइनल प्रवेशका लागि भिड्नेछन्।
लिग चरणमा शीर्ष दुई स्थान हासिल गरेका यी टोलीमध्ये आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ। त्यसैले दुवै टोली पहिलो प्रयासमै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्।