logo
२०८३ मंसिर १, मंगलबार |
☰
📰
🔍
✕

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुकलाई जय नेपाल पार्टीको आह्वान

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | मंसिर १, २०८३ | मंगलबार
स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुकलाई जय नेपाल पार्टीको आह्वान

काठमाडौं / डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको जय नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूलाई पार्टीमा सम्पर्क गर्न आह्वान गरेको छ।

पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तहमा सम्भावित उम्मेदवारहरूको नामावली सबै जिल्लाबाट संकलन गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै, संविधान संशोधनका लागि पार्टीले सार्वजनिक गरेको आठबुँदे संकल्पलाई जनतामाझ लैजाने निर्णय गरेको छ। बैठकले जिल्ला समिति गठन प्रक्रियालाई निरन्तरता दिने र गठन हुन बाँकी रहेका जिल्लाहरूमा प्रक्रिया तीव्र बनाउने निर्णय पनि गरेको छ।

बैठकले पार्टीको केन्द्रीय सदस्य थप गर्ने निर्णय गर्दै मोरङका नरेशकुमार राई, उदयपुरका केशव पाण्डे र गुल्मीका युवराजा रानालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

त्यसैगरी, सम्मानित सल्लाहकार समितिमा बाँकेका देवेन्द्र पौडेल, मोरङका टीका उप्रेती र राजकुमार कार्की तथा चितवनका कमलराज विष्टलाई मनोनीत गरिएको छ।

कोशी प्रदेशको इन्चार्जमा सुरेशप्रसाद आचार्य र संयोजकमा नरेशकुमार राईलाई मनोनीत गर्ने निर्णयसमेत बैठकले गरेको छ।