logo
२०८३ मंसिर ७, सोमबार |
☰
📰
🔍
✕

जनकपुरधाम–अयोध्या रेल सेवा आजदेखि सञ्चालनमा, प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त उद्घाटन

प्रभातफेरी अनलाइन० पाठक संख्या | मंसिर ७, २०८३ | सोमबार
जनकपुरधाम–अयोध्या रेल सेवा आजदेखि सञ्चालनमा, प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त उद्घाटन

काठमाडौँ / जनकपुरधाम–अयोध्या रेल सेवा आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

सोमबार नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा हरियो झण्डा देखाउँदै ‘जनकपुरधाम–अयोध्या साप्ताहिक एक्सप्रेस रेल सेवा’को उद्घाटन गर्नुभएको हो।

भारतले ६०४ किलोमिटर लामो यस रेल सेवालाई ‘सरयू–कमला एक्सप्रेस’ नाम दिएको छ। यस सेवाले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप जोड्ने अपेक्षा गरिएको छ।