logo
२०८३ मंसिर १०, बिहिबार |
☰
📰
🔍
✕

सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढ्यो

प्रभातफेरी अनलाइन२० पटक पढिएको | मंसिर १०, २०८३ | बिहिबार
सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढ्यो

काठमाडौं / नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य २ लाख ४१ हजार ४०० रुपैयाँ थियो ।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार ७५ रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।