प्रभातफेरी अनलाइन१७ पटक पढिएको | मंसिर १०, २०८३ | बिहिबार
काठमाडौं / काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुल निर्माणको शिलान्यास गर्नुभएको हो । ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँ लागतमा निर्माण हुने पुल आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पुलको दुवैतर्फ शय्या सार्न मिल्ने लिफ्ट जडान गरिनेछ । पुल सञ्चालनमा आएपछि मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा जान बिरामीले सडक पार गर्नुपर्ने बाध्यता अन्त्य हुने महानगरपालिकाले जनाएको छ ।
यसका साथै पुलको दुवैतर्फ अस्पताल परिसरभित्रै लिफ्ट र भर्याङसमेत निर्माण गरिनेछ ।