Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पुस्तकालय दिवस र नेपाली पुस्तकालय

प्रभातफेरी अनलाइन १८३८ पटक पढिएको प्रकाशित मिति: २०६९ कार्तिक २६, आईतबार (१३ साल अघि)
Post Thumbnail

-रामचन्द्र हुमागाईं

दिवस मनाउने रोग त्यो पनि अन्तराष्ट्रिय, नेपालमा राम्रैसँग लागेको छ । मानौँ कुनै दिन त्यस्तो नआओस् कुल ३६५ दिनमा कुनै न कुनै दिवस मनाउनैपर्ने, कुनै कुनै दिन त एकै दिन दुई, तीन वा चार दिवस मनाउनुपर्ने, दिवस नै दिवस मनाउँदा पेटदिवस बनाउन नपाउने अवस्था आउन सक्छ । आखिर लोक ? तन्त्र न हो ! यही भाद्र महिनामा मात्रै नौवटा पर्व र दिवस परेछन् । यी दिवस मध्ये महत्वपूर्ण दिवस भाद्र १५ गते पुस्तकालय दिवस मनाउनेहरुले धुमधामका साथ मनाए । रेडियो टेलिभिजन र पत्रपत्रिकामा पनि यो दिवसले राम्रै स्थान पायो । त्यो पनि दुईसयौँ दिवस ।

यो पुस्तकालय दिवसका बारेमा किन चर्चा गर्न खोजिएको हो भने यी वितेका दुई सय वर्षमा कसले कति वटा पुस्तका निकाले, नेपाली लेखकहरु मध्ये को बढी पुस्तक निकाल्ने व्यक्ति हा,े यसको बारेमा खोजी गर्दै जाँदा कतै भेटिँदैन । एक जना सरोकार वालाले नेपालभर झण्डै अठार सय पुस्तकालयहरु छन् भन्दै रेडियोमा चिच्याएको सुनियो । यो पुस्तकालय संरक्षण र संम्वद्र्धन गर्ने काम कसको हो ? यसको उत्तर पनि कतै पाइएन । शिक्षा मन्त्रालयका प्रवक्ताले प्रेस द मिट कार्यक्रममा ढाकाको टोली, लवेदा सुरुवाल र खैरोकोटमा सजिएको अनुहारबाट पुस्तकालय दिवस बनाइएको गौरवता दर्साए । मुलुककै सबैभन्दा ठुलो केन्द्रीय पुस्तकालय, त्रिभुव विश्वविद्यालयको हाता कीर्तिपुरमा छ । त्यहाँको अवस्था बडो हेर्न लागयक छ । भवनभित्रको जमिनमा असरल्ल पुस्तकहरु देख्तै अत्यास लाग्छ पाठहरुले कुन किताव कहाँ छ, भेटाउनै हप्तौँ लाग्छ । कम्तीमा विषयगत छुट्याएर राख्न सकिँदैन ? भनि पुस्तकालय व्यवस्थापनलाई प्रश्न गर्दा जवाफ पाइन्छ, ‘तिमी जस्तो व्यवस्थापन जान्ने व्यक्तिले किन यहाँ जागिर खान नआएको ? दुःख लाग्छ, नेपालीहरुको रवाफ देख्दा र सुन्दा, क्यामरा लैजान पाईंदैन । भित्तामा देशी तथा विदेशी आदर्शवादीहरुका महावाणी लेखिएका छन् । बेथितीका बारेमा गुनासो गरेर गुनासो कर्ता नै असभ्य हुने ।

पुस्तकालयबाट पुस्तक चोर्नेहरु पनि कम छैनन् । लगिएको पुस्तकको संख्या कति छ, फिर्ता नभएको संख्या जान्नका लागि संभव नै छैन तर केन्द्रीय पुस्तकालयले एउटा नयाँ नियम बनाएको छ, विश्वविद्यालय वा अँगिक क्याम्पसहरुमा अध्ययन गरेका विद्यार्थीहरुले प्रमाणपत्र प्राप्त गर्नका लागि पुस्तकालयबाट सफाई पत्र पेश गर्नुपर्छ तर प्राध्यापक, कर्मचारी र पहुँचवालाले सोर्स–फोर्स लगाएर लगिएका पुस्तकहरुको अत्तोपत्तो छैन ।

नेपाल वायुसेवा निगमको पहिलो तला (ग्राउन्ड ल्फोर) मा भारतीय राजदुताबासले पुस्तकालय सञ्चालन गरेको ४० औँ वर्ष भन्दा बढी भैसकेको छ । आजभन्दा केही वर्ष अगाडि त्यहाँ गएर जो सुकैले पनि एक दुई घण्टा विताएर अध्ययन गर्न पाउँथे तर अब त भारतीय दुतावासमा कार्यरत कर्मचारीको शिफारिस बेगर भित्र पस्न पनि पाईँदैन । त्यहाँ कार्यरत कर्मचारीहरु सबै भारतीय नागरिक नै भएकाले आफूलाई दिल्लीकै बादशाह संम्झिन्छन् । केशरमहल भित्र रहेको पुस्तकालय हेर्ने हो भने मुसाः बिरालो र छुचुन्द्रोजस्ता जनावरको बैठककक्ष जस्तै छ । पूराना किताव हराउँदै गएका छन्, नयाँ पुस्तक थप्ने बजेट नै छैन । लाजिम्पाटमा रहेको डिल्लीरमण रेग्मी पुस्तकालय उनको मृत्युपछि केशर पुस्तकालयलाई नै सुम्पिएको थियो । त्यहाँको व्यवस्थापन पनि यतिबेला नाजुक अवस्थामा रहेको छ । टंकप्रसाद आचार्य प्रतिष्ठानले पनि नयाँ बानेश्वर, भीमसेन गोलामा ठुलै वोर्ड झुण्डाएको छ तर त्यहाँ भित्र पसेर पठन पाठन गर्ने वातावरण र पुस्तकहरु छैनन् ।

केही वर्ष अगाडि भृकुटीमण्डपमा एउटा पुस्तकालय खोलिएको थियो । त्यो पुस्तकालय कुन दुलोभित्र छ थाहा छैन । यतिबेला त्यो पुस्तकालय हातामा जाँड र रक्सी खाने भट्टी खुलेको छ । संसदभवन भित्र एउटा कोठामा पुस्तकालय खुम्च्याएर राखिएको छ, त्यहाँ सर्वसाधारणको पहुँच नै छैन । नेपाल सरकारको वार्षिक बजेटमा विभिन्न मन्त्रालय, विभाग र शाखा प्रशाखाहरुलाई पुस्तक खरिद, पत्रपत्रिका खरिद र त्यसको रेखदेख गर्ने कर्मचारीलाई तलब व्यवस्थाका लागि एक अर्ब भन्दा बढी बजेट छुट््याइन्छ तर त्यो बजेटबाट पुस्तक, पत्रपत्रिका खरिद गरिएको विल भौचर बनेका, रकम खर्च भएका विषयहरु मिलान हुन्छन् तर खरिद गरिएका किताव, पत्रपत्रिका कहाँ छन्, कसरी राखिएको छन् कुनै अत्तोपत्तो छैन ।

राजधानीकै पुस्तकालयहरुको यस्तो अवस्था छ भने राजधानी बाहिरका पुस्तकालयहरुको अवस्थाकस्तो होला । पुस्तकालय भन्ने, बजेट खर्च गर्ने शीर्षक छ, पुस्तक पत्रपत्रिका छैनन् । काठमाडौ विश्वविद्यालयको पुस्तकालय भने व्यवस्थित नै छ । त्यहाँबाट पुस्तक हिनामिना भएको पाईँदैन । पोखरा विश्वविद्यालयमा पनि एउटा सानो कोठामा खुम्चिएको पुस्तकालय देखिन्छ भने दाङ्गमा रहेको संस्कृत विश्वविद्यालयमा भन्दा पुशपतिको बेदविद्याश्रममा थोरबहुत पुस्तक देख्न पाइन्छ । बरु थोरै व्यक्तिव्यक्तिका घरहरुमा पुस्तकालय सजाइएको पाइन्छ भने देश हाँक्ने नेता, माथिल्लो स्तरका कर्मचारीहरुको बैठककक्षमा विदेशी रक्सीका बोतल सजिएका भेटिन्छन् भने नेपाली लेखकहरुले तयार पारेका पुस्तकहरु खरिद गर्ने संस्कार नै छैन । कसैले सम्मान गरेर हस्ताक्षर सहित उपहार दियो भने पनि भान्छामा उब्जने फोहोरसँगै सडक–सडकमा फ्यालिएका भेटिन्छन् । यस्तो अवस्थामा नेपालले दुई सयौँ पुस्तकालय दिवस मनाईरहँदा पुस्तक–पत्रपत्रिका प्रेमीहरुले नाँक खुम्चाउने कि नाक तिखार्ने !

गजँडीले मुख खुम्च्याएर आफ्नो हरकत प्रस्तुत गर्छ । जड्याहाले हल्ला गरेर । गुण्डाले मुक्की बजाएर पुरुषार्थ देखाउँछ भने पुस्तक निकालेर म लेखक हुँ भन्ने वातावरण कसरी बनाउने ? यो प्रश्न जटिल छ । यता केही वर्ष देखि नेट–इन्टरनेटमा लेखकहरुले बाहुल्यता देखाउन थालेका छन् । यसको आम्दानीले कति लेखकहरु आत्मनिर्भर भएका छन् ? वा आत्मसन्तुष्टि मात्रै ! यो पनि अर्को जटिल प्रश्न हो ।

जे होस्, जटिलता नै जटिलताले नेपाली पुस्तकालय चलेका छन्, चलिरहन्छन् । यसै गरी दिवस मनायो बस ! वर्ष बडाऊँदै गयो, अंक थपिने नै भयो, किन गर्नु प¥यो व्यवस्थापन, किन चाहियो लेखकहरुको तथ्याँक । पुस्तक राख्नै परेन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0