Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सन् २०१५ सम्म काभ्रेलाई खुल्ला दिशामुक्त बनाउने अभियान -घोषणा गर्ने क्रम तिव्र

प्रभातफेरी अनलाइन १८६२ पटक पढिएको प्रकाशित मिति: २०६९ मंसिर ११, सोमबार (१३ साल अघि)
सन् २०१५ सम्म काभ्रेलाई खुल्ला दिशामुक्त बनाउने अभियान -घोषणा गर्ने क्रम तिव्र

धुलिखेल ÷ सन् २०१५ सम्ममा काभ्रेलाई खुल्ला दिशामुक्त बनाउने अभियान अन्तर्गत विभिन्न गाविसलाई खुल्ला दिशामुक्त घोषणा गर्ने क्रमले तिव्रता पाएको छ । २००९ सालबाट शुरु भएको अभियान अन्तर्गत हालसम्म १२ गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरिसकिएको छ ।
ठूलोपर्सेललाई २०६६ मंसिरमा जिल्लाकै पहिलो मुक्त क्षेत्र घोषणा गरिएको थियो । यो संगै मादन कुँडारी, सल्लेभुम्लु, कोलाँती, ढुङ्खर्क र सारदाबतासे गाविस पनि खुल्ला दिशामुक्त गाविस घोषणा भैसकेका छन् । हालै तिमाल क्षेत्रका मेच्छे, चापाखोरी, नारायणस्थान, सस्र्युृँखर्क, सरमथली, र बोल्देफेदिचे पनि खुल्ला दिशामुक्त गािवस गरिएको छ ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन, जिल्ला विकास समिति र विभिन्न गैह«सरकारी संँस्थाहरूको संयुक्त प्रयासमा जिल्लालाई खुल्ला दिशामुक्त बनाउने अभियान थालिएको हो । शान्ती जनआदर्श सेवा केन्द्र, साथसाथै विकास नेपाल, परोपकार प्राथमिक उपचार केन्द्र, एसिया अनलस, एन्फो, फोए, माइकल, सिआइयुडी लगायतका संस्थाले यो अभियानमा सघाइरहेका छन् ।
२०१२ को अन्त्ययसम्ममा आइपुग्दा १२ गाविस मात्रै घोषणा भएपनि यो गुणात्मक रुपमा विकास हुने खानेपानी तथा सरसफाई डिभिजन कार्यलय काभ्रेका प्रमुख प्रेमकृष्ण श्रेष्ठले विश्वास व्यक्त गरे । “यो गुणात्मक रुपमा बृद्धि हुने कुरा होे , उनले भने, “सबै सरोकारवालाहरुको सहयोग हुने हो भने २०१५ सम्ममा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न सक्छौँ । ”
डिभिजन कार्यालयका इञ्जिनियर राजेन्द्र श्रेष्ठका अनुसार घोषणा भईसकेका गाविसबाहेक हाल २६ गाविसमा पक्की चर्पी निर्माण भइरहेको छ । १८ गाविसले ८० देखि ९० प्रतिशत काम सकिसकेका छन् , १८ गाविसमा ५० प्रतिशत काम सकिसकेको छ । १५ देखि ४० प्रतिशत काम सकाउने ८ गाविस छन् । “कतिपय गाविसमा स्थानीयबासी आफैले बनाईसकेकाले चर्पी नभएका गाविसहरूलाई प्राथमिकतामा राखेर निर्माण गरिरहेका छौं,” श्रेष्ठले भने ।
डिभिजन कार्यलयले विपन्न परिवारको लागि एउटा प्यान र ३ मिटर पाइप सहयोग गर्ने गरेका छन् । गैरसरकारी संस्थाले पनि केही सहयोग गर्ने गरेको छ । स्थानीयवासीले जनश्रमदान र ज्याला बेहोर्ने गरेको छ । गाविसले पनि केही सहयोग गर्ने गरेको छ । खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएका गाविसलाई जिल्ला विकास समितिले १५ लाख रुपैयाँ छुट्याउने गरेको छ । केही गाविसले बार्षिक बजेटमा पनि खुल्ला दिशामुक्त घोषणाको लागि बजेट छुट्याउने गरेका छन् ।

६ गाविस खुल्ला दिशामुक्त

तिमाल ÷ काभ्रेको तिमाल क्षेत्रका ६ वटा गाउँ विकास समितिलाई खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको छ । यो क्षेत्रका मेच्छेपौवा, चापाखोरी, पोखरीनारायणस्थान, बोल्देफेदिचे, सस्यूर्खक र सरमथली गाविसलाई खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको हो । ६ गाविसका ५ हजार ९ घरधुरी अहिले पक्की शौचालय निर्माण गरिएको छ । ती घरमा धुँवारहित चुलो समेत जडान गरिएको छ ।
साथसाथै नेदरल्याण्डको ३ करोड ५५ लाख बरावरको आर्थिक सहयोग र स्थानीयको जनश्रमदान शौचालय निर्माण गरिएको संस्थाका कार्यक्रम प्रवन्धक संग्रामजित लामाले जानकारी दिए । सन् २००९ साथसाथै विकास नेपालको अग्रसरतामा खुल्ला दिशामुक्त अभियान शुरु गरिएको थियो । स्थानीयको सकृयता, सरकारी तथा गैरसरकारी क्षेत्रको सहयोगमा ३ बर्षको छोटो अवधीमा ती गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सफल भएको साथसाथै विकास नेपालका कोषाध्यक्ष डिएस लामाले बताए ।
उनका अनुसार, अभियान शुरु हुनुअघि यी ६ गाविसमा ३ सय घरधुरीमा मात्रै शौचालय थिए । अहिले ५ हजार ९ घरधुरीका ३४ हजार ६ सय १८ जना र्सवसाधारणले शौचालय प्रयोग गरिरहेका छन् । कार्यक्रममा आफ्नो गाविसलाई खुला दिशामुक्त गाविस घोषणा गर्न आर्थिक सहयोग गर्ने साथसाथै नेदरल्याण्डकी अध्यक्ष तान्जा क्रुकलाई सम्मान समेत गरिएको थियो । खुशीयालीमा स्थानीयले नाचगान समेत गरेका थिए ।

अन्तर्वार्ता

स्त्रीमाया लामा, स्थानीय, पोखरीनारायणस्थान २

चर्पी बन्दा खुशी हुनुहुन्छ ?
एकदम खुशी छौँ, तर अझै पानीको समस्या छ । यो चर्पीलाई त भैँसी भन्दा पनि बढी पानी चाहिँदो रहेछ । अहिले त लुगा धोएको पानी बस्तुलाई र साग पखालेको पानी चर्पीमा हाल्ने गरेका थियाँै ।

चर्पी बनेपछि के सजिलो भयो ?
राती राती बाहिर दिशा बस्न जानुपर्थो । बुढा सासुआमा, ससुरालाई अप्ठयारो हुन्थ्यो । बालबच्चालाई पनि राती बाहिर जानुपर्दा समस्या हुन्थ्यो । अहिले सजिलो भएको छ ।

नहुँदा के गर्नुहुुन्थ्यो ? के समस्या थियो ?
अस्थाई ट्वाईलेट बनाएका थियाँै । छिमेकीहरु त पाखातिर जान्थे । पाहुना आउँदा आपत पथ्र्यो । जेठान, सुसुराले देख्छन् की भन्ने हुन्थ्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0