Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

परनिर्भरताको बाध्यताबाट नेपालले चाँडै आत्मनिर्भरतामा पुग्नुछ

प्रभातफेरी अनलाइन १२४० पटक पढिएको प्रकाशित मिति: २०६९ पौष १, आईतबार (१३ साल अघि)
Post Thumbnail

— डा. सुरेशराज शर्मा
संस्थापक उपकुलपति ः काठमाडौं विश्वविद्यालय

यो हाम्रो सौभाग्य हो — नेपाललाई नयाँ स्वरूप दिन्छु भनेर जिम्मा लिनुभएका र जनताको मन जित्न उद्यत हुनुभएका प्रधानमन्त्री आज यस मञ्चमा विराजमान हुनुहुन्छ । २००७ सालमा नेपालका अर्थसचिव हुनुभएका र २०१३ सालमा नेपाल राष्ट्रबैङ्कको पहिलो गभर्नर हुँदै २० वर्षसम्म यूएनडीपी जस्तो खँदिलो संस्थाको अनुभव बटुली अहिले गैरसरकारी क्षेत्रलाई सबल बनाउन नेपालको उद्योग र बैङ्किङ क्षेत्रमा होमिनुभएका दिग्गज अर्थशास्त्री आज दीक्षान्त भाषण गर्दै हुनुहुन्छ । नेपालको ६–७ दशकको विकासको अनुभवले प्रस्ट्याएका कुराहरू आज दीक्षित हुने स्नातकहरूले सुन्न पाउनु र आउँदा २–३ दशकको हाँक र चुनौतीलाई अवसरमा बदल्ने मैदानमा उभिनुभएका प्रधानमन्त्रीज्यूका कुरा पनि काठमाडौँ विश्वविद्यालय र सम्बन्धनप्रदत्त कलेजबाट उपाधि पाई कर्मक्षेत्रतिर उत्रिन लागेकाहरूले थाहा पाउनु कति सार्थक कुरा हो, मैले भनिरहनुपर्दैन ।
म कति मात्र भन्न चाहन्छु भने आजको २१ वर्षपहिले आईएस्सी तहको स्तरीय शिक्षा दिने संरचनाबाट सुरु गरेको काठमाडौँ विश्वविद्यालयले विज्ञान–प्रविधि र शिक्षाशास्त्र विधामा पीएचडी गर्ने १२ जनालाई, चिकित्साविधामा सबभन्दा माथिका एमसीएच र डीएम जस्ता उपाधि २ जनालाई आज प्रदान गर्दैछ । उत्कृष्टताका लागि आज ४ जनाले स्वर्णपदक पाउँदैछन् र आज दीक्षित हुने ११३५ जनामध्ये १५ देशका ९३ जना अर्थात् कूल सङ्ख्याको ८.२ प्रतिशत विदेशी छन् । यहाँबाट पीएचडी गर्ने दुईजना, एमडी ÷ एमएस गर्ने ६३ जना, बीए इन बुद्धिस्ट स्टडिज र एमई इन इन्जिनियरिङ गर्ने ५ जना पनि विदेशी छात्रछात्रा छन् । उत्तीर्ण हुनेहरूमध्ये करिब ४३ प्रतिशत महिला हुनु २१ वर्ष मात्र उमेरको यस संस्थाका लागि अति गौरवको विषय हो । अझ गौरव त हामीलाई कुन कुरामा लाग्छ भने यीमध्ये सबैजसोले २–३ महिनाभित्रै काम पाइसक्ने स्तरको शिक्षा पाएका छन् । तीमध्ये धेरैले उच्च शिक्षा प्राप्त गर्न विदेशका राम्रा शिक्षण संस्थामा भर्ना पाउने धेरै सम्भावना पनि देखिसकेका छन् । आज डीएम र एमसीएच जस्ता स्वास्थ्यविधाका सबैभन्दा माथिल्लो उपािध तीनजनालाई दिन पाउनु, वातावरण विज्ञान, फार्मेसी र तथ्याङ्कशास्त्र जस्ता विज्ञानका विधा एवं शिक्षाशास्त्रमा पीएचडी उपाधि दुईजना विदेशी विद्यार्थीसमेतलाई दिन पाउने अवस्थामा पुग्नु हाम्रो सौभाग्यको कुरा हो । शिक्षाको अन्तर्राष्ट्रिय मानचित्रमा यति सम्मानित तहसम्म पुग्न पाउनु अत्यन्त गौरवको कुरा हो । यस्तो महàवको संस्थाको नेतृत्व हाँक्ने जिम्मा मुलुकको सर्वोच्च निकायबाट पाउनु, दातृसंस्था र दाताहरूको उदार सहयोग पाउनु र विदेशका प्रतिष्ठित संस्थाबाट पनि सहयोग पाउनु मेरा लागि कति सौभाग्यको कुरा होला, कल्पना गर्न सक्नुहुन्छ ।
आज दीक्षित हुने युवाहरूलाई म के भन्न चाहन्छु भने तपाईंहरूले यहाँ देखेका कुरा यही माटोमा सरकारको ठूलो सहयोग र विदेशमाथिको परनिर्भरताविना पनि सम्भव हुँदो रहेछ भनेर आफ्नै आँखाले प्रत्यक्ष देख्नुभएको छ । तपाईंहरूजस्तै युवाहरूले आफ्नो मुलुक बनाउने हो । विदेशीसित मागेर बस्नुभन्दा गरेर देखाउन सक्छौँ भन्ने हिम्मत लिने र त्यो सम्भव छ भनेर देख्ने र बुझ्ने पनि यही अवसर हो पनि भन्न चाहन्छु । भरखरै अमेरिकाबाट सीएनएन हिरो उपाधि पाउने पुष्पा बस्नेतले सन् २००९ मा बीएसडब्लू र सन् २०१० मा अर्ली चाइल्डहुल्ड एजुकेसनमा पोस्टग्राजुएट डिप्लोमा हाम्रै विश्वविद्यालयबाट पाएकी हुन् भन्न पाउँदा हामीलाई अति हर्षित तुल्याएको छ, त्यो पनि भन्न चाहन्छु ।
हाम्रा मित्रराष्ट्र चीन र भारतले कृषि क्षेत्रमा हरित क्रान्ति ल्याई खाद्यवस्तुको उत्पादन, कृषि शिक्षा, अनुसन्धान र सूचना–प्रविधिमा ठूलो क्रान्ति ल्याए र विकसित पश्चिमी मुलुकलाई पनि अचम्ममा पारिदिए । हाम्रोजस्तै मौसम, हाम्रोजस्तै प्राकृतिक साधन, हाम्रोजस्तै भौतिक पूर्वाधार र मानवीय संसाधनबाट पनि विकास सम्भव छ भन्ने कुरा तीन–चार दशकमै तिनीहरूले देखाउन सके । अझ जापान, कोरिया आदि मुलुकले त चार–पाँच दशकमा नै अझ उत्कृष्टता देखाए । हामीले पनि अब अरूसित आशा गर्नुभन्दा आफ्नै मस्तिष्क र आफ्नै हातसित आशा गर्नुपर्छ । हाम्रा सबै भौतिक पूर्वाधार आफ्नै तागतले सिर्जना गर्छौं, आफूलाई चाहिने ऊर्जा आफैँ निकाल्छौँ, आफूलाई आवश्यक खाद्यवस्तु, लत्ताकपडा र निर्माण–सामग्रीहरू पनि आफ्नै माटोमा उभ्याउँछौँ भन्ने सङ्कल्प हामीले गर्नुपरेको छ । यो कुरा मैले भनिरहनुपर्ने होइन, सबैजना बुझ्न सक्छौँ ।
नेपालको कठिन भौगोलिक बनोटले र बलौटो माटोले जमिनमाथिबाट मात्रभन्दा सुरुङबाट सडक र नहर बनाउने प्रविधि खोज्दैछ । त्यतातिर इन्जिनियरिङ शिक्षा उद्यत होस् । सूचना–प्रविधि, जलस्रोत र अन्य ऊर्जा उत्पादन प्रविधि, खाद्यवस्तु र औषधिजन्य वस्तु उत्पादन गर्ने कृषि–प्रविधि, स्तरीय स्वास्थ्यसेवा कुनाकुनासम्म पु¥याउने स्वाथ्यशिक्षातिर बेजोडसित लाग्ने सङ्कल्प हाम्रा आज उत्पादन हुने स्नातकहरूलगायत काठमाडौँ विश्वविद्यालयका स्नातकहरूबाट मुलुकले आशा गरेको छ ।
सरकार होस् वा अन्य व्यावसायिक लगानीकर्ता होस्, स्वदेशी लगानी होस् वा विदेशबाट सिधै गरिने लगानी होस्, यो ठाउँ तिनीहरूका लागि उर्वरा भूमि रहेको देखाउनुछ । नेपाली युवाले पनि मेरो रोजगारीको उत्तम अवसर यहीँ छ, मेरो राम्रो कर्मक्षेत्र यहीँ छ, मेरो भविष्य आफ्नै आँगन वा आफ्नै देशमा छ भनेर देखाउनुछ । प्रविधिमुखी शिक्षाले नै यस्ता कुराहरू दिन सक्छ । कलाकौशल, शान्तिप्रियता र बहादुरीबाट आफ्नो पहिचान बनाएका नेपालीले व्यवस्थापन, सिर्जना र शिक्षाशास्त्रको फाँटबाट पनि यस कुरालाई देखाउनुछ ।
हाम्रा अगाडि कृषि र ऊर्जा क्षेत्रको द्रुततर विकास, पर्यटन क्षेत्रको विकास, यातायात क्षेत्रको बलियो सन्जाल निर्माण आदिद्वारा युवा रोजगारीको समस्या समाधान गर्नुपर्ने डरलाग्दा चुनौतीहरू ठिङ्ग उभिएका छन् । यी समस्याको समाधान गर्न हामीमा आत्मविश्वास चाहिएको छ, अठोट चाहिएको छ, धैर्य चाहिएको छ र त्यो हामी आफैँसँग छ, अरूसित माग्नु वा खोज्नुपर्दैन ।
तर जानेर होस् वा नजानेर होस्, हामीले विगतमा केही बाटो बिराएका छौँ । नत्र नेपालमा कपडा उद्योग, कागज उद्योग, इँटा–टायल उद्योग, खानेतेल उद्योग बन्द हुने थिएनन् । चीज र बटर उद्योग, सिमेन्ट उद्योग, चिनी उद्योग र जुट उद्योग पनि आरालो लाग्ने थिएनन् । चिया, कफी, मसला, वनौषधि उत्पादनले फड्को मारिसक्थे होलान् । त्यस्तै कार्पेट, गार्मेन्ट, पस्मिना उद्योगले ओरालो लाग्नुपर्दैनथ्यो होला । यी सबै उद्योगबाट के पुरुष के महिला, के अर्धदक्ष, के दक्ष सबैले आफ्नै घरमा बसेर रोजगारी पाएका थिए ।
प्रधानमन्त्री र मन्त्रीज्यूलाई मेरो अनुरोध छ — हाम्रो प्रयासमा बलियो टेवा दिन मद्दत गरिदिनोस्, हामीले नेपालीको शिर ठाडो पार्न तपाईंहरू वा मुलुकलाई त्यति नै बलियो टेवा दिनेछौँ । आज संसार झनै प्रतिस्पद्र्धात्मक हुँदै गएको छ । परनिर्भरताको हाम्रो बाध्यताबाट नेपाल सकेसम्म चाँडै आत्मनिर्भरतामा पुग्नुछ । त्यो सम्भव छ तर सम्भव छ त्यस बेला जब चरित्र बोकेका, क्षमता बोकेका, राष्ट्रप्रेम र राष्ट्रियता बोकेका युवक जसले आफ्नो सीप, आफ्नो परिश्रम, आफूले हासिल गरेको ज्ञान र प्रविधिलाई एक रत्ति नोक्सानी भएको देख्न चाहँदैन, आफ्नै पौरखमा रमाउँछ, बाहिर पलायन हुन चाहँदैन, मागेर खान चाहँदैन, आफ्नो परिश्रम नपरेको कुरालाई छुनसमेत चाहँदैन । त्यस्तै बनाउन खोजेका छौँ । धेरै हदसम्म सकेका पनि छौँ । त्यो यहाँ उपस्थित विद्वत्जन, अभिभावकजन, उद्योगपतिहरूले पत्याइदिनोस् । म यही कुरा अनुरोध गर्दछु ।
(काठमाडौं विश्वविद्यालयको अठारौं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रममा व्यक्त गर्नुभएको स्वागत मन्तव्यको सम्पादित अंश)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0