Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्य क्षेत्र प्रति सम्वेदनशिल हुनु आवश्यक

प्रभातफेरी अनलाइन १६९६ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष ८, आईतबार (१३ साल अघि)
Post Thumbnail

ज्ञानमणि कालोटोपी
‘धन भन्दा स्वास्थ्य ठूलो । स्वास्थ्य नै धन हो ।’ जस्ता उक्तिहरु हामीहरुले धेरै समय पहिले देखि नै सुन्दै आएका हौं । विद्यालय स्तरको अध्ययनको क्रममा पनि मानिसले स्वास्थ्यबारे चनाखो हुनुपर्छ भन्ने कुरा पढ्दै र सिक्दै आएका थियौं, हामीले । तर खोई किन हो बुझेर हो वा बुझ्न बाँकी भएरै हो सानै उमेर देखि सिकेर पनि हामी अहिले सम्म न स्वास्थ्य प्रति चनाखो भएका छौं न त्यस सिकाईलाई व्यवहारमा उतार्न सकेका नै । जसले गर्दा अहिले सुन्दै नसुनेका र नसोचिएका रोगहरुको शिकार हुन हामी बाध्य छौं ।

हाम्रा वुढापाकाहरुले अहिले व्याप्त रोगहरु प्रति लक्षित गर्दै हाम्रा पालामा यस्ता रोगहरु लाग्ने त के सुनेका पनि थिएनौं भन्ने खालका अभिव्यक्तिहरु दिएको हामीले सुनेका छौं । आजभन्दा करिव पाँच दशक अगाडिको कुरा गर्ने हो भने पनि अहिलेको जस्तो भयावह स्थितीमा स्वास्थ्य क्षेत्र पुगेकै थिएन । मानिसको जनसंख्याको चाप पनि कम थियो । वातावरण प्रदुषण पनि थिएन । स्वस्थकर खानेकुराको कारण रोग कम लाग्नु स्वभाविकै हो । अनि हाम्रा अग्रजहरुले भनेका कुराहरु पनि सत्य नै हुन् ।

समय परिवर्तन हुन पुगेको छ अहिले । वढ्दो जनसंख्यालाई परम्परागत प्रविधीको काम गराईले धान्न मुस्किल छ । त्यसैले मानिसहरु कसरी थोरै लगानी, श्रम र सिपबाट धेरै उत्पादन गर्न सकिन्छ भन्ने तिर लाग्न थालेका छन् । आधुनिक किसिमका प्रविधीहरुमा र काम गराईमा व्यस्त हुन पुगेको मानिसहरुको अहिलेको योे व्यस्तताले आफ्नो विग्रदो स्वास्थ्य प्रतिको स्थितीलाई विर्साएको छ । हामी सस्तोमा धेरै र कम गुणस्तरका खाद्यान्नहरु आँखा चिम्लेर खरिद गर्छौं । त्यस्तै अवस्थामै प्रयोग पनि गर्छौं । खुट्टामा लगाउने जुत्ताहरु एयर कन्डिसन युक्त ठाउँमा राखेर विक्रि गरिरहेका छौं भने दैनिक भान्सामा प्रयोग गरिने तरकारी, फलफूल लगायतका उपभोग्य वस्तुहरु सडक र पेटीको धुलोमा राखेर विक्रि गरिरहेका छौं । यसले हाम्रो स्वास्थ्यमा गम्भिर असर पु¥याउँछ भन्ने हामीलाई थाह छ तैपनि स्वास्थ्य प्रतिको हाम्रो बेवास्ताले दैनिक अनौठा रोगहरुको शिकार हुन बाध्य छौं ।

सरकारी नीति पनि फितलो छ । जनताको स्वास्थ्य क्षेत्रमा सरकारले करोडौं रुपयाँको खर्च गरेको छ । तर यो लगानी लक्षित वर्ग सम्म नपुग्दै विचौलियाहरुको पोल्टोको सामल बन्न पुगेको यथार्थ हामी सामु छर्लङ्ग छ । देशमा करिव ४ हजार गाविसहरु छन् । सरकारी निती अनुसार प्रत्येक गाविसमा एउटा स्वास्थ्य चौकी र एउटा उपस्वास्थ्य चौकी हुनु पर्ने हो । कतै स्वास्थ्यचौकी छ स्वास्थ्यकर्मी  छैनन् । कतै सामान्य ज्वरो निको हुने सिटामोल सम्म छैन त कतै स्वास्थ्यचौकी नै छैन । अस्पतालबाटै भाइरल शुरु भएर संक्रमण फैलिदै बिरामीको मृत्यु हुँदा सम्म सरकारी कर्मचारीहरु यस प्रति बेखबर हुनु विडम्बना मात्र होइन सरकारको यस क्षेत्रमा गरिएको लगानी र थुप्रै दातृ निकायले गरेको सहयोगको उपहास पनि हो ।

गाउँघर तिरको स्थिती हेर्ने हो भने पनि जनचेतनाको अभाव रहेको स्पष्ट देखिन्छ । भान्सा र गाईवस्तु बाँध्ने ठाउँ लगभग जोडिएको अवस्थामा रहेको अधिकांश ठाउँमा देखिन्छ । व्यवस्थित शौचालय प्रयोग गर्नेहरुको संख्य एकदम कम छ । घरआँगनको डिल, बारीको भित्ता र बाटोहरुमा जथाभावी रुपमा दिशापिसाव गर्नेहरुलाई जनचेतना फैलाउने निकायको गाउँमा अभाव छ । यति मात्र होइन, स्वास्थ्य जस्तो सम्वेदनशिल विषयमा रुढीवादी र अन्धविश्वास व्याप्त छ । विरामी पर्दा धामी झाँक्रीको भर पर्ने, झारफुक गर्ने र निको नभए पछि अन्तिम अवस्थामा अस्पताल धाउने प्रवृतीले बहुसंख्यक नेपालीहरुको स्वास्थ्य क्षेत्र प्रतिको बेवास्ता प्रष्ट हुन्छ । जसले गर्दा दिनप्रतिदिन मानिसको स्वास्थ्य स्थिती विग्रदै गएको कुरा घाम जतिकै छर्लङ्ग छ ।

पछिल्ला वर्षहरुमा देशको स्वास्थ्य क्षेत्रमा पनि राजनितिक हस्तक्षेपको शुरुवात भईसकेको छ । यस क्षेत्रमा आएका वैदेशिक सहयोग र सरकारले छुट्टयाएको बजेटमा भ्रष्ट्राचार व्याप्त छ । सरकारले  यसलाई रोक्न नसकिरहेको अवस्था छ । यति मात्र होइन , यो क्षेत्र चरम महंगीको चपेटामा परेको छ । गरिवीले गर्दा चाहेरै पनि कतिपय  सर्वसाधारण जनता अस्पतालको मुखै नदेखी मृत्युवरण गर्न बाध्य छन् । नेपालको हावापानी र  भु – बनोट अनुसार गाउँघरमै उत्पादित जडिबुटीहरुको सदुपयोग गर्ने हो भने पनि धेरैजसो रोगको निदान गर्न सकिन्छ भन्ने कुराबाट अधिकांश सर्वसाधारणहरु अनविज्ञ रहका छन् । यसले नेपालको स्वास्थ्य क्षेत्रमा चुनौती श्रृजना गरेको छ ।

देशको विशेष गरि ग्रामिण भेगका जनतालाई स्वास्थ्यबारे चेतना जगाउनु अहिलेको टड्कारो आवश्यकता देखिन्छ । यति मात्र गर्न सकिने हो भनेपनि सामान्य ज्वरो र झाडापखालाबाट ज्यानै गुमाउनु पर्ने अवस्थाबाट उनीहरु मुक्त हुने निश्चित छ । हामी सँग जंगल, जडिबुटी, जलसम्पदा र जनशक्ति पर्याप्त छ तर यीनीहरुलाई राम्रो सँग सदुपयोग गर्न नसक्दा देशले अहिले मानव जीवनको लागि महत्वपूर्ण मानिएको स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिरहेको छैन । सरकारले यस्तो विषयमा चासो दिएर मानवजीवन सँग प्रत्यक्ष सरोकार रहेको स्वास्थ्य क्षेत्रलाई विशेष महत्वमा राख्ने हो भने जनता निरोगी हुने र देश सम्बृद्धी तिर जाने निश्चित छ ।

पबयितयउष्द्दज्ञछ२नmबष्।िअयm

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0