logo
२०८३ कार्तिक ७, शुक्रबार |
☰
📰
🔍
✕

बसपार्क सारिएकोमा सर्वत्र विरोध

प्रभातफेरी अनलाइन१०६० पटक पढिएको | २०६९ पौष ८, आईतबार
Post Thumbnail

पनौती÷ सरसफाइ लगायतको कारण देखाउँदै बसपार्क सारिएकोमा सम्वन्धितले यसको विरोध गरेका छन् । पनौतीबाट खोपासी ढुंखर्क र च्याम्राङवेशी चल्ने सार्वजनिक यातायातका साधनहरु रोशीखोला नजिकै सारेकोमा पनौती नगरवासी र दक्षिणी भेगका जनताहरुले विरोध जनाएका हुन् ।
नगरपालिकाको यो निर्णयसँगै सो क्षेत्रका जनताले सास्ती बेहोर्नु परेको छ । पनौती बसपार्कमा ओर्लिर सो स्थानमा पुग्न दश मिनेट हिड्नुपर्छ । सामान ढुवानी लगायतका कामका लागि पनि समस्या भैरहेको उनीहरुले गुनासो गरेका छन् । बसपार्क सारेसँगै पनौती क्षेत्रको व्यापारमा समेत कमि भएको छ ।
उनीहरुले बसपार्कलाई पुरानै स्थानमा सार्न समेत उनीहरुले नगरपालिकाको ध्यनाकर्षण समेत गरेका छन् । खोपासीका ३ सय  र ढुंखर्क र च्याम्राङवेशीका करिव ५ सय भन्दा बढी जनताहरुले हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारी र काभ्रे मिनिबस सेवा समितिमा ढुंखर्क चल्ने बस बनेपाबाट संचालन गर्न अनुरोध समेत गरेका छन् । नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले भने सरोकारवालाहरुसँग छलफल गरेर समस्याको समाधान गर्ने बताए ।