Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कात्तिकदेउारालीको खानेपानी समस्या समाधान गर

प्रभातफेरी अनलाइन १३२१ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ ७, आईतबार (१३ साल अघि)
Post Thumbnail

कात्तिकदेउारालीको खानेपानी समस्या समाधान गर पानी मानवीय आवश्यकता हो । यो विना मानिसको जीवनयापन सम्भव छैन । मानिसको दैनिकी यो विना परिकल्पना पनि गर्न सकिदैन । यसको प्रयोग अनेक छन् । घरायसी, औद्योगिक क्षेत्रमा यसको प्रयोग छ । बढ्दो जनसंख्या, शहरीकरण र वनविनाश लगायतका कारण पछिल्लो समय पानीका मुहानहरु सुकिरहेका छन् । मानिसलाई खानेपानीको समस्या छ । शहरमा मात्र नभएर गाउँमा पनि खानेपानी समस्या भोगिरहेका छन् जनताहरु । श्रोतको उचित प्रयोग नहुँदा पनि ग्रामिण भेगका जनताहरु खानेपानीको समस्या भोग्न वाध्य छन् । कतिपय गाृउँमा त खानेपानीको चरम समस्या पनि छ । कोशिपारीको कात्तिकेदेउराली वडा नं २, ३, ४ र ७ का स्थानीय यतिखेर खानेपानीको समस्या भोगिरहेका छन् । यसले उनीहरुको दैनिकी कष्टकर त बनाएको छ नै, खानेपानीकै कारण उनीहरु विश्थापित नै हुने अवश्थामा समेत पुगेका छन् । ती वडाका ६ सय २० घरधुरीका ४ हजार जनसंख्याले खानेपानीको समस्या भोगिरहेका छन् । २०१८ सालमा स्थानीय कमलराज गिरीको नेतृत्वमा चिउरीवासवाट प्रभा उच्च माविको लागि ल्याएको पानी बस्ती बढ्दै गएपछि कात्तिकेमा खानेपानीको समस्या छ । २ घण्टा लगाएर स्थानीय कामी पधेँरोबाट पानी ल्याउनुपर्ने बाध्यता छ । त्यहाँ पनि अभाव हुने फाल्गुन देखि जेठ महिनासम्म त चौरी खोलामा नै पुगेर खानेपानी ल्याउनुपर्छ । महिलाहरु विहान सबेरै पानी लिनको लागि जान्छन्, बच्चालाई समेत ध्यान दिन पाउँदैनन् । विद्यार्थीहरुलाई पनि विद्यालय आउनुअघि पानी लिन जानुपर्ने बाध्यता छ । यसले उनीहरुको पढाईमा पनि नकरात्मक असर परिरहेको छ । खानेपानीको समस्या समाधानको लागि पहल नभएको पनि हैन । २०६१ सालमा नै १४ किलोमिटर टाढा न किनिएको छ । २०६३÷ ६४ सालमा त सर्भे पनि भएको हो । १ करोड लागत अनुमान गरिएको छ । स्थानीयको कम पहल, राजनैतिक खिचातानीका कारण यो सम्भव हुन सकेको छैन । मुहानमा मोहीको विवादका कारण प्रकृया अगाडी बढ्न सकेको छैन । कात्तिकेदेउराली गाविस कार्यलयको नाममा जग्गा भएपनि विवाद मिल्न सकेको छैन । खानेपानी ल्याए त्यसको जस कसले लिने भन्ने विवादकै कारण स्थानीय राजनैतिक दलका नेताहरुले पनि यसमा चासो देखाएका छैनन् । कात्तिकेदेउरालीको खानेपानी समस्या समाधानको लागि सबै एकजुट हुन आवश्यक छ । दलहरुलाई दोष थुपरेर स्थानीय कम सक्रिय भइर पनि समस्या समाधार हुने हैन । सबैको सहमतिमा मुहानको विवाद टुङग्याएर यसको लागि लाग्ने रकमको जोहो गर्न सबै जना लाग्नुपर्छ । सरोकारवालाहरुले पनि सहयोग गर्न हिच्किचाउन हुँदैन । कोशिपारीमा जन्मेर विभिन्न स्थानमा पेशा र व्यवसाय गर्न गएकाले पनि यो क्षेत्रको खानेपानी समस्या समाधानको लागि आफ्नो स्थानबाट सहयोग गर्नुपर्छ । यहाँका राजनैतिक दल, नागरीक समाज, विकासप्रेमीहरु एक ठाउँमा आउने हो भने यहाँको खानेपानी समस्या समाधान हुन सक्छ । यसको लागि सबैले बेलैमा सोच्नु जरुरी छ । अनि मात्र कोशिपारीको खानेपानी समस्या समाधान हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0