Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हरिसिद्धी माविमा नयाँ भवन “अब सजिलोसँग पढ्न पाइने भयो ”

प्रभातफेरी अनलाइन २४१४ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन २०, आईतबार (१३ साल अघि)
Post Thumbnail

नगेन्द्र अधिकारी ÷ सिपाली चिलाउने

सिपाली चिलाउने २ कालिञ्चोक स्थित हरिसिद्धी मावि कक्षा ९ मा पढ्ने रमिला शाह  बारेर बनाएको सानो कोठामा ४० जना बसेर पढ्दा केही बुझ्दिन थिइन् । कक्षामा प्राय हल्ला नै हुन्थ्यो, पढाइमा उनको ध्यान पनि त्यति जाँदैनथ्यो । तर अव उनी केही सहज हुने अनुमान लगाउँछिन् । उनको विद्यालयमा ४ कोठे पक्की भवन बनेको छ । शाह भन्छिन्, “अव त सजिलोसँग पढ्न पाइन्छ होला, कोचिएर बस्नु पर्दैन होला । ”

विद्यालयले हालै २२ लाखको लगानीमा नयाँ भवन बनाएपछि यहाँ अध्ययनरत ४ सय १५ जना विद्यार्थीलाई केही सहज हुने भएको छ । १० कक्षा सम्म चलेको विद्यालयलमा ६ ओटा कक्षालाई बारेर १० वटा बनाइएको थियो । जिल्ला शिक्षा कार्यलय काभ्रेको १४ लाख, जिल्ला विकास समितिको २ लाख २५ हजार, गाउँ विकास समितिको २ लाख १० हजार, दलित समुदायको ४९ हजार ५ सय र स्थानीयको नगद र जनश्रमदान  १ लाख १५ हजार ५ सय गरी कुल २२ लागतमा भवन बनेको छ ।

२०३२ सालमा स्थापना भएको विद्यालयले २०६७ सालबाट एसएलसी दिन थालेको हो । अहिले तेस्रो व्याचले परिक्षाको तयारी गरिरहेको छ । भवन नहुँदा पठनपाठनमा समेत असहज थियो । विद्यालयका शिक्षक नेत्रराज सापकोटा नयाँ भवन बनेपछि बसाई व्यवस्था सहज, होहल्ला नियन्त्रण  र पढाईमा सुधार भएको बताउँछन् । “पहिले डिस्टर्व हुन्थ्यो, कक्षा अभाव थियो, पुस्तकालय र विज्ञान प्रयोगशाला समेत थिएन,  अहिले सहज भएको छ  । ” उनले भने

नयाँ भवन बनेपनि पर्याप्त रकमको अभावमा विद्यालयमा झ्याल र ढोका हाल्न सकिएको छैन । “अझै डेक्स बेञ्च पर्याप्त छैनन्, झ्याल ढोका पनि छैनन्, ” कक्षा ९ मा अध्ययनरत जुनी शाह भन्छिन्, “कसैले सहयोग गरे त झनै सजिलोसँग पढ्न पाउँथ्यौँ की ? ”

विद्यालयका प्रधानाध्यापक चेतबहादुर भडेल रकम अभावकै कारण भवनलाई पुर्णता दिन सकिएको छैन । “भवन त बन्यो तर फर्निचर, झ्याल, ढोका खापाको लागि अझै १८ लाख जति अपुग छ । ” उनले भने । २०५७ सम्म प्रावि, २०५८ मा निमावि हुँदै २०६७ सालमा मावि सञ्चालन भएको विद्यालयमा अझै दरवन्दी अभाव छ । विद्यालयमा १३ जना शिक्षक कार्यरत छन् ।
विद्यालयको भवन उद्धघाटनमा सहभागी विभिन्न व्यक्ति तथा संस्थाले विद्यालयलाई सहयोग घोषणा गरेका छन् । नेपाली कांग्रेसकी पुर्व सभासद् डा. आरजु देउवाले विद्यालयको पुस्तकालयको लागि युलेन्स स्कुलको तर्फबाट ५१ हजार रुपैँया सहयोगको घोषणा गरिन् ।  उनले गाउँमा छोरीलाई पनि शिक्षा दिन आग्रह गरिन् । उनले सो ठाउँका युवाको सकृयतामा विद्यालय भवन बनेकोमा खुशी व्यक्त गरिन् । उनले विद्यालयलार्य छिट्टै उच्च मावि भएको हेर्न चाहेको बताउँदै यसमा आफुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाइ्न् । कार्यक्रममा पञ्चकन्या उच्च मावि वाल्टिङको तर्फबाट अध्यक्ष बलराम सापकोटाले ५० हजार, माइकल प्रोजेक्टका रकम सिंह लामाले ५० बोारा सिमेन्ट, ज्ञानबहादुर लामाले २५ हजार, कुमारर तामाङ थोकरले ११ हजार, सृजनशिल बचत तथा ऋण सहकारी संस्थाले १० हजार र सिन्धु बचत तथा ऋण सहकारी संस्थाले १० हजार सहयोग घोषणा गरेका थिए ।

मंगल जनविजय उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष शंखबुद्ध लामा, कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष सिवी लामाले आमाको नाममा  चाइल्ड स्पेस नेपालका अध्यक्ष टासी लामाले पनि सहयोगको प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्ट, नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री जीवजंग बस्नेत, नेपाल प्रेस युनियनका केन्द्रिय कोषाध्यक्ष इश्वरी ओझा, स्रोत व्यक्ति प्रेम बहादुुर लामा, नारायणस्थान निमाविका  प्रधानाध्यापक खड्गबहादुर लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थ लामा लगायतले विद्यालयका विभिन्न आरोह अवरोहबारे चर्चा गरेका थिए ।

कार्यक्रममा विद्यालयलाई महत्वपुर्ण योगदान पु¥याएकोमा पुर्वअध्यक्ष स्वं अक्कल सिंह तामाङलाई मरणोपरान्त सम्मान गरिएको थियो । उनकी आमा गंगामाया सम्मान ग्रहण गरेकी थिइन् ।

कार्यक्रममा लोकगायक विक्रम शाह, लोकगायिका तुलसा वाइवा, इन्दिरा योञ्जन, , शशिकला मोक्तान, नेपाली तारा २ सन्तोष लामा, साउथ एसियन स्टार अशुसेन लामा, लोकगायिका अमिता लुङगेली मगर लगायतका कलाकारले विभिन्न सास्कृतिक प्रस्तुती पस्केका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • भगवती शाही स्मृती स्तम्भ उद्घाटन

    भगवती शाही स्मृती स्तम्भ उद्घाटन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0