Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अन्य सम्चारहरु…………

प्रभातफेरी अनलाइन १२८० पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन २९, मंगलबार (१३ साल अघि)
Post Thumbnail

चट्याङ लागेर दुईको मृत्यु

च्याम्राङवेशी ÷ चट्याङ लागेर च्याम्राङवेशीमा दुई जनाको मृत्यु भएको छ । ३ जना घाईते भएका छन । बिहीवार सा“झ परेको बर्षास“गै  चट्याङ लागेर च्याम्राङबेशी गाविसका २ जनाको घटनास्थलमै मृत्यु भएको हो  । मृत्यु हुनेमा च्याम्राङबेशी १ की सरस्वती दाहाल र ७ का कोन स्याङतान रहेका छन । मृतक दाहाल काभ्रेपोष्ट साप्ताहिकमा कार्यरत व्यवस्थापक सागर दाहालकी आमा हुन् ।

चट्याङ लागेर दुई भैसी, बाख्रा र एक हल गोरु समेत मरेका छन । गाविसका बिभिन्न स्थानमा चट्याङ परेको थियो । उक्त गाविसमा धेरै चट्याङ पर्ने गरेको छ । चट्याङ लागेर धेरैले ज्यान गुमाउने गरेका छन् ।

आर्थिक सहयोग बितरण

पनौती ÷ भण्डारीगाउँ खानेपानी उपभोक्ता समितिले ३७ जनालाई  आर्थिक सहयोग बितरण गरेको छ । समितिले तेस्रो बार्षिकोत्सवको अवसर पारेर एकल महिना, बुद्धबुद्धा सहित अपा¨लाई ५ सयका दरले आर्थिक सहयोग बितरण गरेको हो ।  ३ बर्ष अगाडी ९९ लाख रुपैयाको लगानीमा संचालनमा आएको आयोजना मार्फत १ सय ६० घरघुरीले स्वच्छ खानेपानी पाइरहेको अध्यक्ष केदारबहादुर भण्डारीले जानकारी दिए ।

 

 

 

भलिवलको उपाधी मादन क्लवलाई

पोखरीचौरी÷ कोशीपारीको पौखरीचौरीमा भएको क्षेत्र स्तरीय भलिवल प्रतियोगिताकोे उपाधी मादन खेलकुद क्लवले जितेको छ । आयोजक कोशिपारी खेलकुद क्लवलाई हराउँदै क्लवले उपाधी हात पारेको हो । मादनकँुडारी खेलकुद क्लव तेस्रो भयो ।

६ टिमको सहभागिता रहेको खेलको पुरस्कार जिल्ला भलिवल संघ काभ्रेका अध्यक्ष जितेन्द्र श्रेष्ठले वितरण गरेका थिए । उनले प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय टीमलाई नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय रेफ्री श्रीराम बोगटी,  कार्यक्रम संयोजक एवं आयोजक क्लबका अध्यक्ष इन्द्रप्रसाद चौलागाई लगायतले खेलकुदको महत्वबारे चर्चा गरेका थिए । ५० हजार खर्च अनुमान गरिएको प्रतियोगिताको लागि कोशिपारी क्षेत्रका १७ वटै गाविसले २ हजारका दरले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

 

पुर्व विद्यार्थीद्धारा अक्षयकोष स्थापना

पनौती ÷ इन्द्रेश्वर उच्च मा.वि.पूर्व विद्यार्थी समाजले अक्षयकोष स्थापना गरेको छ । समाजले २ लाख १० हजार बरावरको  “श्री इन्द्रेश्वर उच्च मा. वि. पूर्व विद्यार्थी समाज अक्षयकोष, २०६९” स्थापना गरेको हो ।

कोषमा पूर्व विद्यार्थीहरुबाट उपलब्ध गराएको सहयोग र आजीवन सदस्यता शुल्क वापतको आंशिक रकम वापत जम्मा भएको रकम मात्र राखिएको र समाजलाई प्राप्तच हुने रकम कोषमा थप्दै लैजाने समाजका अध्यक्ष बाबुराम हुँमागाईले जानकारी दिए । अक्षयकोष सम्बन्धी व्यवस्थापन गर्न समाजका सदस्य गोविन्द थापाको संयोजकत्वमा समितिका उपाध्यक्ष देवलक्ष्मी स्याउला र कोषाध्यक्ष राजन श्रेष्ठ रहेको तीन सदस्यीय कोष व्यवस्थापन उपसमिति गठन गरिएको छ । सामुदायिक वचत तथा ऋण सहकारी संस्थामा अक्षयकोष वापत विशेष खाता खोली रकम जम्मा गरिने समाजले जनाएको छ ।

 

अस्थायीले भोली ज्ञापन बुझाउने

धुलिखेल ÷ सरकारले आफुलाई विभेद गरेको भन्दै आन्दोलित २०६३ पछिका अस्थायी शिक्षकले सोमबार जिल्ला शिक्षा कार्यलय काभ्रेमा ज्ञापनपत्र बुझाउने भएका छन् । शिक्षक सेवा आयोगले आफुहरुलाई विभेद गरेको भन्दै २०६३ साल बैशाख १० गते पछिका शिक्षकहरु आन्दोलित भएका हुन् । स्थायी शिक्षक पदको लागि आयोगले खुलाएको विज्ञापनमा आफुलाई विभेद भएको भन्दै उनीहरुले काभ्रेमा ३४ सदस्यीय संघर्ष समिति समेत गठन गरेका छन् ।

अस्थायी शिक्षकले विभिन्न संघर्षका कार्यक्रम घोषणा गर्दै आन्दोलन गर्ने जिल्ला संघर्ष समितिका महासचिव ओम खतिवडाले जानकारी दिए ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0