logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

२२ दलको काभ्रे बन्द

प्रभातफेरी अनलाइन१३२० पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र ३, शनिबार(१३ साल अघि)
Post Thumbnail

धुलिखेल ÷ मूख्य चार दलले बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएको विरोधमा विहिवार काभ्रेमा पनि दुई राजमार्ग ठप्प पारिएको छ । नेकपा  – माओवादीको नेतृत्वमा धुलिखेलमा जम्मा भएका २२ दलसम्वद्ध कार्यकर्ताले अरनिको र वीपि राजमार्ग ठप्प पारेका हुन् ।
दिउसो १ बजेदेखि राजधानी भित्रने र बाहिने सवारी साधनहरु रोकिएको थियो । आन्दोलनकारीहरुले अत्यावश्यक सेवाका बाहेकका मोटरसाइकल समेत चल्न दिएनन् । सडक अव्रुद्ध भएपछि सिन्धुपाल्चोक, दोलखा, रामेछाप तर्फ जाने र राजधानी तर्फ आउँदै गरेका सयौँ  सवारी साधनका यात्रुहरु धुलिखेलमै रोकिएका थिए ।  बीपी राजमार्ग भएर सिन्धुली–बदिर्बवास तर्फ जाने यातायातका साधन पनि चलेका थिएनन् ।