प्रभातफेरी अनलाइन१७ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ५, शुक्रबार(१ घण्टा अघि)
काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज (शुक्रबार) बसेको बैठकले नतिजा प्रकाशित गरेको हो।
यस वर्ष परीक्षामा ४ लाख १८ हजार १७० जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ।
कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि सञ्चालन गरिएको थियो।