प्रभातफेरी अनलाइन१५७४ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र ३, शनिबार(१३ साल अघि)
पनौती ÷ नेपाली कांग्रेस २ नं वडा समिति पनौतीले बनभोज सहित कार्यकर्ता प्रशिक्षण गरेको छ । चुनावलाई लक्षित गरी कांग्रेसले कार्यकर्तालाई प्रशिक्षण दिएको हो ।
कार्यक्रममा कांग्रेस सभापति शिवप्रसाद हुँमागाईले चुनाव केन्द्रित भएर गतिविधी गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए । कांग्रेसलाई पहिलो पार्टी बनाउन सकेमात्रै संविधान निर्माण हुने र शान्ती र लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने बताए । क्षेत्र न २ का सभापति रमेशप्रसाद हँुमागाई, महाधिवेशन प्रतिनिधी ईश्वरी ओझाले पार्टी सिद्धान्त र आगामी कार्यदिशाबारे प्रशिक्षण दिएका थिए । पनौती नगर सभापति केदारबहादुर भण्डारी, नेपाल पत्रकार महासंघका पुर्वसभापति भोला थापा, नानीबाबु थापा, नवराज श्रेष्ठ पार्टी संगठनबारे बोलेका थिए । कार्यक्रममा कृयाशिल सदस्यता वितरण गरिएको थियो ।