युवाहरु भनेको एक उर्जाशील अवश्था हो । युवाहरुलाई देशको कर्णधारको रुपमा परिभाषित गरिन्छ । उनीहरुको श्रम, सिप, दक्षताको प्रयोग गर्ने हो भने वास्तवमा नै देश विकास गर्न सकिन्छ ।
बेरोजगारी नेपाली युवाहरुको प्रमुख समस्या हो । अस्थिर राजैनैतिक अवश्थाका कारण नेपाली युवाहरु राजनैतिक दलका भ¥याङ समेत बन्ने गरेका छन् । राजनैतिक दलका स्वार्थपुर्तिका माध्ययम पनि युवाहरु बनिरहेका छन् । रोजगारी र शिक्षाको राम्रो अवसर नहुुनुको कारणले नै धेरै उर्जावान र दक्ष युवाहरु विदेशिरहेका छन् । नेपालमा नै रहेको धेरै युवा पनि बेरोजगारीकै कारण गुण्डागर्दी र कुलतमा फसिरहेका छन् ।
सरकारले युवा लक्षित कार्यक्रमहरु ल्याएपनि त्यो प्रभावकारी हुन सकेको छैन । केही राजनैतिक दलका युवाहरुले मात्र यसको फाइदा लिएको समाचारहरु आइरहेका छन् । सरकारले यसलाई लक्षित वर्गसम्म प्रभावकारी रुपले लान सकेको पनि छैन । यसको प्रभावकारी कार्यान्वयन हुने हो भने युवाहरुमा व्याप्त बेरोजगारी केही हल गर्न सकिन्छ ।
केही युवाहरुले राम्रो काम गरेका उदाहरण पनि छन् । आफुनै उद्यम सञ्चालन गरेर काभ्रेका युवाहरुले केही उदाहरण पनि पेश गरेका छन् । ९ युवाले ४ करोडको लगानीमा काभ्रे कृषि बजार मल्टिपर्पाेज प्रालि स्थापना गरेका छन् । राजकुमार बस्नेत, सरोज दुवाल, विजय श्रेष्ठ, विक्रम मानन्धर, बालकृष्ण शाही, धन शाही, नातिभाई मानन्धर, दिलबहादुर मानन्धर, शान्तराज खड्गीले संयुक्त रुपमा लगानी गरेका हुन् ।
उनीहरुको यो प्रयासको अनुशरण गर्दैै अन्य युवाहरुले पनि यस्तै व्यवसाय शुरु गर्नुपर्छ । राजनैतिक अस्थिरताको नाममा बैँकहरुले कर्जा लगानी गर्न हिच्किचाउन हुँदैन । सरोकारवाला निकायहरुले पनि यस्ता प्रयास गर्नेहरुलाई सहयोग गर्दै जानुपर्छ । युवाहरुालाई आफ्नो भ¥याङ बनाउने राजनैतिक दलहरुले पनि आफ्ना कार्यकर्ता स्वरोजगार भएमात्रै पार्टी सफल हुन्छ भन्ने मान्यताको विकास गराउँदै कार्यकर्तालाई व्यवसाय गर्न प्रेरित गर्नुपर्छ । यति हुने हो भने देशले आर्थिक रुपमा पनि कोल्टे फेर्छ । यसको लागि सबैले सोच्नुपर्ने बेला आइसकेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |