Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २३, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विश्व दुर्बेसन विरुद्धको दिवस

प्रभातफेरी अनलाइन ८३१२ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ ११, आईतबार (८ साल अघि)
विश्व दुर्बेसन विरुद्धको दिवस

२६ जुनको सन्दर्भ

“बालबालिका तथा युवाहरुको कुरा सुन्नु नै तिनीहरुलाई स्वस्थ र सुरक्षित भई हुर्कन दिनु हो ।”“बालबालिका तथा युवाहरुको कुरा सुन्नु नै तिनीहरुलाई स्वस्थ र सुरक्षित भई हुर्कन दिनु हो ।”आजको वर्तमान विश्वको एउटा जल्दोबल्दो समस्याको रुपमा लागूपदार्थ दुव्र्यसनी रहेको पाइन्छ । विशेष गरी युवा तथा किशोरकिशोरीहरु यो खराब दलदलमा फस्दै गएको देखिन्छ । लागूपदार्थ दुव्र्यसनीमा फस्ने गरेका युवायुवती तथा किशोरकिशोरीहरु प्रायजसो १३ वर्षभन्दा सानो उमेरमा नै फस्ने गरेको पाइन्छ । जतिबेला उनीहरु लागूपदार्थ भनेको खराब चिज हो, यसको दलदलमा फसेपछि माथि उठ्न सकिँदैन भन्ने कुरा नै नजानिकनै फस्दै जाने गरेको पाइन्छ ।लागूपदार्थ दुव्र्यसनी भन्ने बितिकै गाँजा, चुरोट, रक्सी, सुर्ती, हेरोइन, कोकिन, विभिन्न ओयोइड समूहका दुखाई कम गर्ने औषधी आदिको नियमित एवं लतपूर्ण सेवनको अवस्थालाई बुझिन् । यस्ता लागूऔषधयुक्त चिजहरुको लतमा परेपछि सो व्यक्ति शारीरिक तथा मानसिक रुपमा नै त्यस्ता पदार्थहरु माथि निर्भर रहन थाल्दछ । यसको लतमा परेको व्यक्तिलाई सामान्य काम गर्न समेत यसको सेवनबिना प्रायः असम्भव नै हुन्छ ।प्रायः लागुपदार्थ सेवन गर्ने व्यक्तिहरुमा झुम्म हुने, सही गलत छुट्याउन नसक्ने, आँखा तथा अनुहार रातो हुने, हातगोडा काम्ने, श्वासमा एक किसिमका गन्ध हुने, लोलाएको जस्तो देखिने, छिनछिनमा नै आफ्नो व्यवहार परिवर्तन गर्ने, एकछिनमै मुडमा परिवर्तन आउने, घर परिवारबाट टाढा बस्न खोज्ने, आफ्नो सुग्घर सफाइमा ध्यान नदिने, खेलकुद, मनोरञ्जन, दैनिक क्रियाकलापहरुमा ध्यान एवं इच्छा नदिने, रातमा भन्दा दिनमा सुत्ने, हिंसात्मक देखिने, नर्भस हुने, खाना खान मन नगर्ने, झर्काे मान्ने, धेरै वा कम बोल्ने, असहयोगी बन्ने आफैंले आफैंलाई हानी पु¥याउने आदि जस्ता विभिन्न लक्षण तथा व्यवहारहरु देखिन सक्छन् ।प्रायः व्यक्तिहरु लागूपदार्थ दुव्र्यसनीमा फस्नुमा विभिन्न सामाजिक, पारिवारिक जस्ता कारणहरु हुन सक्दछन् । त्यस्ता मुख्य कारणहरु यसप्रकार छन् ।

१. घरासयी वातावरण राम्रो नहुनु वा तनावपूर्ण हुनु । यदि घरम बाबुआमा लागूपदार्थ सेवन गर्छन्, घरमा कलह झै–झगडा भइरहन्छ वा आमाबाबु मानसिक रोगी छन् भने त्यस्ता परिवारका बालबच्चा, किशोरकिशोरी त्यस्तो लतमा फस्ने धेरै सम्भावना रहन्छ ।

२. यदि आमाबुबासँग छोराछोरीको राम्रो सम्बन्ध छैन भने त्यस्ता छोराछोरी लागूपदार्थको रुपमा फस्ने सम्भावना बढी रहन्छ ।

३. छोराछोरीमाथि आमाबुबाको कम निगरानी रहँदा बालबच्चा यसको लतमा फस्ने सम्भावना बढी रहन्छ ।

४. साथीभाइको लहलहैमा लागेर चाख्ने निहुँमा पनि कतिपय व्यक्ति यसको लतमा फस्ने गरेको पाइन्छ ।

५. स्कूल, कलेज, जागिर आदिमा सोचेजस्तो उपलब्धी गर्न नसक्दा हिनताबोध वा निराश वा बेइज्जतीको भावले पनि कतिपय लागूपदार्थ दुव्र्यसनीमा फस्ने गरेको पाइन्छ ।

६. घर, समुदायमा अरुले लागूपदार्थ सेवन गरेको देखेर पनि कतिपय यो लतमा फस्ने गरेको पाइन्छ ।

७. विभिन्न लागूपदार्थ ओसारपसार गर्ने दलाल वा व्यक्तिहरुले लागूपदार्थ समुदाय, घर, परिवार आदिमा उपलब्ध गराइदिएको अवस्थाम पनि कतिपय यसको लतमा फस्ने गरेको पाइन्छ ।

चाहे जे जसरी लागूपदार्थ दुव्र्यसनीको लतमा फसेपनि यो एकदमै घातक लत हो । यसले व्यक्ति स्वयंलाई मात्र हानी गर्दैन, बरु घर, परिवार, समाज, राष्ट्र तथा सम्पूर्ण विश्व समुदायलाई नै हानी पु¥याउँछ । तसर्थ, यसको हानीलाई मध्यनजर गरी २६ जुनको दिनलाई विश्व दुव्र्यसन विरुद्धको दिवसको रुपमा विश्वभर विभिन्न कार्यक्रमहरु गरी मनाइन्छ ।विभिन्न नारासहित यो दिवस मनाउने क्रममा यो वर्षको नारा “बालबालिका तथा युवाहरुको कुरा सुन्नु नै तिनीहरुलाई स्वस्थ र सुरक्षित भई हुर्कन दिनु हो ।” भन्ने रहेको छ । हुनपनि यदि हामीले बालबालिका युवाहरुका कुराहरु सुन्यौ, उनीहरुको समस्या एवं आवश्यकतालाई पहिचान गरी सहि कुरालाई साथ दिने र गलत कुरालाई सही तरिकाले सहित बुझाएर उनीहरुलाई गलत बाटोमा जान दिएनौं भने पक्कै पनि युवा तथा किशोरकिशोरीहरु लागूपदार्थ जस्तो गलत दलदलमा फस्ने छैन ।त्यही आशासहित प्रत्येक वर्ष विभिन्न जनचेतनामूलक कार्यक्रमहरु, अभिमुखीकरण कार्यक्रम आदिको माध्यमबाट यो दिवस मनाइन्छ । शिक्षा नै सबैभन्दा ठूलो हतियार हो । यदि हामीले सही समयमा सही शिक्षा दिन सक्यौं भने युवाहरु यो दलदलमा फस्दैन ।यदि कोही फसिहाले भनेपनि घर, परिवार, स्कूल, समुदाय मिलेर उसलाई सही मार्ग देखाइ यो दलदलबाट निकाल्नु पर्दछ । उसलाई छिःछि दुरदुर नगरी उसको सँगै परिवार, समाज, राष्ट्र, विश्वकै भविष्य सुन्दर बनाउने सकारात्मक पहल चाल्नु नै सम्पूर्ण सचेत वर्गको दायित्व हो भने आजको समसामयिक आवश्यकता पनि यही हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0