Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

असार १५ सकियो, रोपाईं भर्खर शुरू

प्रभातफेरी अनलाइन ५८२९ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ २२, बिहिबार (८ साल अघि)
असार १५ सकियो, रोपाईं भर्खर शुरू

गत वर्ष भन्दा यसवर्ष अलि ढिलो गरि मनसुन शुरु भयो । यसको प्रत्यक्ष असर किसानहरुलाई परेको छ । अधिकांश सिचाई सुविधा नपुगेका जिल्लाहरुमा आकाशेपानीकै भरमा रोपाईं गर्नु पर्ने बाध्यता छ । काभ्रे जिल्लामा पनि यसवर्ष भर्खरै मात्र रोपाईं शुरु भएको छ । आधा असार सकिंदा सम्म जिल्लामा २० प्रतिशत जति खेतमा मात्र रोपाईं भएको छ । विगत वर्षहरुमा यस समय सम्ममा ४० प्रतिशत जमिनमा धान रोपाईं भइसक्थ्यो । ढिलो वर्षा भएकाले यसवर्ष विगतको जस्तो हुन नसकेको जिल्ला कृषिविकास कार्यालयले जनाएको छ । सिचाईं सुविधा पुगेका खेतहरुमा भने समयमै रोपाईं सकिने कार्यालयको अनुमान छ । गतवर्ष धान रोपाईं सकेर धान दिवस मनाएको सम्झना गर्ने जिल्लाका अधिकांश कृषकहरु अहिले धान दिवस आइसक्दा पनि खेतबारीमै व्यस्त छन् । यस वर्ष उनीहरुलाई रासायनिक मलको अभाव पनि उस्तै परेको छ । कतिपय खेतमा चैतमा रोपेको धान काट्ने सिजन हुन लागेकाले त्यो धान भित्र्याइसके पछि मात्र रोपाईं गरिन्छ । केहि ठाउँमा मकै रोपिएको छ । त्यसैले पनि असारको रोपाईं केहि समय ढिला हुने भएकै बेला पानी नपरेपछि सम्भव भएका जमिनमा समेत यतिबेला रोपाईं भएको छैन । विशेषगरि मण्डनक्षेत्रका कुन्तावेसि, चाखोला, ज्वानेटार, जोगिटार, सिपाघाट लगायतका धान उत्पादनका पकडक्षेत्रमा भर्खरै मात्र रोपाईं शुरु भएको स्थानिय कृषक कृष्ण प्रसाद नेपालले जानकारी गराउनु भयो । उनका अनुसार असारको दोस्रो साता सकिंदा सम्म धेरै जसो ठाउँमा रोपाईं नै शुरु भएको छैन । समयमा रोपाईं गर्न नपाएपछि यसवर्ष धान उत्पादन घट्ने हो कि भन्नेमा किसानहरु चिन्तित छन् । गएको वर्ष मौसम अनुकूल भएका कारण देशमै धान उत्पादनमा उल्लेख्य वृद्धि भएको थियो । तर यसवर्ष देशभरिकै मौसम गतवर्षको जस्तो छैन । त्यसैले धान उत्पादन केहि घट्न सक्ने कृषि अनुसन्धान परिषदका इञ्जिनियर गौरीलाल श्रेष्ठले बताए । ‘तैपनि अहिले नै यसै भन्न सकिने अवस्था भने अलि छैन’ उनले भने “असारको अन्त्य सम्ममा रोपाईं गर्न सकियो भने पनि उत्पादनमा खासै कमी आउँदैन ।” त्यसैले अहिले नै किसानहरुलाई नआत्तिन उनको अनुरोध छ ।
अ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0